मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
Invalid date format १९:१o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवाको निर्देशनपछि राजीनामा दिन तयार मुख्यमन्त्री लामा आफ्नै समूहका कारण रोकिए

आफ्नो समूहका सांसदहरुको ‘सेटलमेन्ट’पछि मार्गप्रशस्त गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:१o:oo

पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनपछि पदबाट राजीनामा दिन तयार भएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ आफ्नै समूहका कारण रोकिएका छन्।

बिहीबार साँझ पार्टी सभापति देउवालाई भेटेका मुख्यमन्त्री लामाले साथीहरूसँग छलफल गरेर शुक्रबार राजीनामा दिने बताएका थिए। तर, आफ्नै समूहका सांसदहरूको असहमतिका कारण रोकिएको उनीनिकट सांसद गोविन्द लम्सालले जानकारी दिए। काठमाडौंमा रहेका मुख्यमन्त्री लामा शुक्रबार दिउँसो भक्तपुरको खोप कार्यक्रमपछि हेटौँडा फर्किने तयारीमा थिए। तर, आफ्नै सांसदहरूको माग सम्बोधन नभएसम्म नहिँड्ने अडानका कारण उनी उतै रोकिएर छलफलमा जुटेका छन्।

विशेष गरी आफूनिकटका सांसदहरूलाई मन्त्री बनाउने र जिम्मेवारी तोक्नेजस्ता विषयमा सहमति आवश्यक देखिएकाले मुख्यमन्त्री लामा छलफलमा जुटेका सांसद लम्सालले बताए। ‘मुख्यमन्त्री लामाले आफ्नो पक्षका १४ जना सांसदहरूसँग छलफलमा बस्ने तयारी गर्नुभएको छ,’ उनले भने, ‘त्यसपछि कहिले राजीनामा दिने भन्ने थाहा हुन्छ।’

शीर्ष नेतृत्वको निर्देशन स्वीकार गर्दै मुख्यमन्त्री लामा मार्गप्रशस्त गर्ने निर्णयमा पुगे पनि समय निर्धारण भने भइनसकेको उनको भनाइ छ। आज वा भोलि नै राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने लामाको योजना रहे पनि केही मुद्दाहरूमा आफ्ना समूहका सांसदहरूको सहमति नभएकाले राजीनामा रोकिएको उनले दाबी गरे।

बिहीबार साँझ पार्टी सभापति देउवासँग पनि मुख्यमन्त्री लामाले आफ्नाे समूहका सांसदहरूको ‘सेटलमेन्ट’को विषयमा कुरा गरेका थिए। उनले आफ्नो समूहका कम्तीमा तीनजना सांसदलाई मन्त्री बनाउनुपर्ने र केहीलाई संसदीय दलको जिम्मेवारी दिनुपर्ने सर्त राखेको बुझिएको छ।

मुख्यमन्त्रीनिकटका सांसद तीर्थ लामाले मुख्यमन्त्री लामाले हेटौँडामा नै पत्रकार सम्मेलन गरेर नयाँ सरकारका लागि मार्गप्रशस्त गर्ने जानकारी दिए। समय निर्धारण नभए पनि सम्भवतः शनिबार वा आइतबारसम्म मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिने तयारी रहेको स्पष्ट पारे। पार्टी शीर्ष नेतृत्वको निर्देशनविपरीत जान नहुने समूहको निष्कर्ष रहेको पनि उनको भनाइ छ। ‘पार्टीको निर्देशन स्विकार्नुको विकल्प छैन। पार्टीलाई विवादित र प्रदेशलाई राजनीतिक अस्थिरतातर्फ धकेल्न हुन्न भन्नेमा हामी सहमत छौँ,’ उनले भने, ‘सोहीअनुरूप नै मुख्यमन्त्रीले राजीनामा दिनुहुन्छ।’

मुख्यमन्त्री लामा राजीनामा दिन सहमत भए पनि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा भने स्वास्थ्यमा समस्या आएपछि काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचाररत छन्। पिसाबमा रगत र मिर्गौलामा ५५ एमएमको पत्थरी देखिएपछि उनी बिहीबारबाट अस्पताल भर्ना भएका हुन्।