मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १८:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्सामा परालमा लुकाएर राखिएको ४० किलो गाँजा बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:oo:oo

पर्सा प्रहरीले परालमा लुकाएर राखिएको अवस्थामा लागुऔषध गाँजा बरामद गरेको छ। प्रहरीले पर्साको पकाहामैनपुर गाउँपालिका– २, सुर्जाहाबाट ४० किलोग्राम लागुऔषध गाँजा बरामद गरेको हो।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले शुक्रबार दिउँसो परालमा लुकाएर राखेको अवस्थामा उक्त गाँजा बरामद गरेको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए। परालभित्र तीनवटा बोरामा बेवारिसे अवस्थामा लुकाएर राखिएको ४० किलोग्राम गाँजा बरामद भएको हो।

यसअघि असार ३२ मा प्रहरीले सोही गाउँबाट करिब दुई सय किलोग्राम गाँजा बरामद गरेको थियो। विशेषगरी मकवानपुरका विभिन्न स्थानबाट जंगलको बाटो भएर पटेर्वा सुगौली क्षेत्र हुँदै गाँजा पर्सा भित्रिने गरेको छ।