मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १६ शुक्रबार
  • Saturday, 02 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १६ शुक्रबार १७:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

चक्रे मिलनसहित १९ जनालाई सात दिन थुनामा राख्न आदेश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १६ शुक्रबार १७:१९:oo

गुन्डागर्दीको आरोपमा पक्राउ परेका गुन्डानाइके चक्रे मिलन (मिलन गुरुङ)सहित १९ जनालाई प्रहरीले अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सात दिन थुनामा राख्न म्याद दिएको छ। जन्मदिन मनाउने क्रममा आतंक मच्चाएको आरोपमा प्रहरीले बिहीबार उनीहरूलाई पक्राउ गरेको थियो ।

४७ जना पक्राउ परेकामा गुन्डागर्दीमा संलग्न १९ जनामाथि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसरका एसपी कुलदीप चन्दले बताए । परिसरका अनुसार मिलन गुरुङसहित गणेशबहादुर बोगटी, नीराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जितबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम हर्जन, प्रनिश केटल, राजु परियार र सफल शाहीलाई प्रहरीले थुनामा राखेर अनुसन्धान अघि बढाएको छ।  

बिहीबार चक्रेको जन्मदिन मनाउने क्रममा सडकमा स्कर्टिङ गर्नेदेखि सडकमै भिड जम्मा गरेर केट काटेका थिए। जन्मदिन मनाउने नाममा आतंक सिर्जना गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।