
१०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी–४)मा नेपाली पलेशा गोवर्धनले कांस्य पदक जितेकी छिन्। शुक्रबार मलेसियाको कुचिङमा पलेशाले देशका लागि पाँचौँ पदक जितेकी हुन्। जसमा दुई स्वर्ण पदक रहेका छन्।
उनले दुई स्वर्ण युथ एसियन गेम र एसियाली पाराओलम्पिक छनोटमा जितेकी हुन्। यस्तै, तीन कांस्य पदक पाराओलम्पिक २०२४, एसियन गेम २०२२ र एसियन प्रतियोगिता २०१८ मा जितेकी थिइन्।
योसँगै नेपालले कविराज नेगी लामाको प्रशिक्षणमा कुल १२ अन्तर्राष्ट्रिय पदक प्राप्त गर्न सफल भएको छ। जसमा तीन स्वर्ण, दुई रजत र सात कांस्य पदक छन्।