मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 01 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:२८:oo
Read Time : < 1 मिनेट
समाचार

सैनिक कल्याणकारी कोषले राज्यको दायित्वसमेत कम गर्न भूमिका खेलेको छ : प्रधानमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:२८:oo

प्रधानमन्त्री केपी ओलीले सैनिक कल्याणकारी कोषले कल्याणकारी कार्यक्रममार्फत सामाजिक कार्य र विकासको साझा गन्तव्यमा थप योगदान दिने विश्वास व्यक्त गरेका छन् । 

सैनिक कल्याणकारी कोष स्थापनाको स्वर्णजयन्तीको अवसरमा आज जंगी अड्डामा आयोजित कार्यक्रममा कोषका संरक्षक प्रधानमन्त्री ओलीले नेपाली सेनाका बहालवाला तथा अवकाशप्राप्त सकलदर्जा र आश्रित परिवारको हितका लागि सैनिक कल्याणकारी निर्देशनालयले कल्याणकारी कोषमार्फत सञ्चालन गरेका विविध कल्याणकारी कार्यको प्रशंसा गरे । 

संयुक्त राष्ट्रसंघको मिसनबाट आर्जित रकमबाट आफ्नै कोष खडा गरी स्थापना भएको कोषले शिक्षा, स्वास्थ्य, परिवार आवासलगायत सामाजिक सुरक्षासँग सम्बन्धित विविध क्षेत्रमा योगदान दिई राज्यको दायित्वसमेत कम गर्न महत्त्वपूर्ण भूमिका खेलेको प्रधानमन्त्री ओलीले बताए । ‘नेपाली सेनाका अवकाशप्राप्त सकलदर्जालाई क्षमता अभिवृद्धि तथा स्वावलम्बनका कार्यक्रममार्फत सेवानिवृत्त भएपश्चात् समेत ससम्मान जीवन व्यतीत गर्न यस कोषले विशेष योगदान दिँदै आएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपाल अहिले विकास र समृद्धिको यात्रामा अघि बढिरहेको छ । हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्यमा सक्रिय छौँ । सरकारको विकास र उत्पादनमूलक काममा यसले लगानी गर्न सक्नेछ । यस अवस्थामा कोषको दिगोपनाका लागि मेरोतर्फबाट थप पहल हुनेछ ।’

उनले नेपाली सेनाले कल्याणकारी कार्यक्रमहरूको समयानुकूल पुनरावलोकन, पहुँच विस्तार र गुणस्तर अभिवृद्धिलाई प्राथमिकतामा राखी अझ सहज रूपमा सेवा तथा सुविधा उपलब्ध गराउँदै लैजाने विश्वास पनि व्यक्त गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले कोषको स्थापना र सञ्चालनमा योगदान दिने अगुवाहरूलाई सम्मान गरेका थिए ।