मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १४ बुधबार
  • Wednesday, 30 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण १४ बुधबार १o:५o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सार्दी खोला जलविद्युतमा एनएमबिको ऋण लगानी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण १४ बुधबार १o:५o:oo

एनएमबि बैंक र मन्दाकिनी हाइड्रोपावरबिच ऋण लगानी गर्न सम्झौता भएको छ । माछापुच्छ्रे गाउँपालिका, कास्कीमा रहेको माथिल्लो सार्दी खोला जलविद्युत् आयोजनाका लागि दुवै पक्षबिच वित्तीय व्यवस्थापन भएको छ ।

यस आयोजनामा बैंकको एकल ऋण लगानी छ । २.९ मेगावाट क्षमता रहेको माथिल्लो सार्दी खोला जलविद्युत् आयोजनाको करिब लागत ६६ करोड १८ लाख ९४ हजार रुपैयाँ रहने जानकारी गराइएको छ भने बैंकको ऋण लगानी ४६ करोड ३३ लाख २५ हजार रुपैयाँ रहनेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले प्रस्तावित आयोजना निर्धारित लागत तथा समयमा नै सम्पन्न गर्न मन्दाकिनी हाइड्रोपावरलाई आग्रह गरे । उक्त कम्पनीका अध्यक्ष शरदकुमार दाहालले उक्त आयोजना निर्धारित लागत तथा समयसीमामा नै सम्पन्न गर्ने प्रतिबद्धता जनाए । 

त्यसैगरी, मन्दाकिनी हाइड्रोपावरद्वारा कास्कीकै माछापुच्छ्रे गाउँपालिकामा प्रवर्द्धित चार मेगावाट क्षमताको सार्दी खोला जलविद्युत् आयोजनाले ०७४ देखि नै व्यावसायिक उत्पादन सुरु गरिसकेको छ । उक्त आयोजनामा समेत एनएमबिको अगुवाइमा सहवित्तीयकरणअन्तर्गत ऋण लगानी भएको छ ।