
सन् १९३० : पहिलो फिफा विश्वकपको फाइनल आजकै दिन उरुग्वेको राजधानी मोन्टेभिडियोस्थित एस्टाडियो सेन्टेनारियो रंगशालामा आयोजना भयो । खेलमा उरुग्वेले अर्जेन्टिनालाई ४–२ ले हरायो ।
सन् १८६३ : फोर्ड मोटर कम्पनीका संस्थापक हेनरी फोर्ड आजै अमेरिकाको मिचिजगन राज्यमा जन्मिएका थिए । उनले ‘मोडल टी’ नामक कारको मोडल र बृहत्तर निर्माण प्रविधिमार्फत वाहन उद्योगमा आमूल परिवर्तन ल्याएका थिए ।
सन् १८६३ : अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले ‘आँखाका लागि आँखा’ निर्देशन जारी गरे । निर्देशनअनुसार युद्धभूमिमा मारिएका प्रत्येक अश्वेत सैनिकको लागि बन्दी रहेका एक कन्फडरेट सैनिक मारिनेछन् । त्यस्तै कन्फडरेट पक्षले पक्राउ परेका अश्वेत सैनिकलाई दासका रूपमा बेचेमा कन्फडरेट बन्दीलाई कठोर श्रम सजाय तोकिने व्यवस्था गरिएको थियो । यस निर्देशनको उद्देश्य अश्वेत सैनिक र बन्दीमाथिको दुव्र्यवहार रोक्ने थियो ।
सन् १८६९ : विश्वको पहिलो तेल ट्यांकर ‘द चाल्र्स’ सात हजार ब्यारेल तेल बोकेर अमेरिकाबाट युरोपतर्फ हिँड्यो ।
सन् १९३५ : दश कृतिलाई पहिलोपटक पेपरब्याक पुस्तकका रूपमा सार्वजनिक गर्दै ‘पेनगुइन बुक्स’ नामक प्रकाशन हाउस अस्तित्वमा आयो । यसले पेपरब्याक पुस्तकमा आमूल क्रान्ति ल्याउन सघायो ।
सन् १९४७ : चर्चित बडिबिल्डर, हलिउड अभिनेता तथा क्यालिफोर्निया राज्यका ३८औँ गभर्नर आर्नोल्ड स्वार्जनेगर आजकै दिन जन्मिएका थिए ।
सन् १९८० : हाल भानुआतु भनेर चिनिने तत्कालीन ‘द न्यु हेब्राइड्स’ बेलायत र फ्रान्सको उपनिवेशबाट मुक्त भयो ।