
स्थायी कमिटी बैठकको एजेन्डाबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको माओवादीले जनाएको छ ।
बैठकमा शनिबारदेखि सुरु हुने स्थायी कमिटी बैठकको एजेन्डाबारे छलफल हुने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । जनतासँग माओवादी विशेष अभिमयन फेरि सञ्चालन गर्ने कि महाधिवेशनमा जाने भन्ने निर्णय स्थायी कमिटी बैठकले गर्ने जनाइएको छ ।