मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १४ बुधबार
  • Wednesday, 30 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण १४ बुधबार १o:१८:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

पूर्वस्वास्थ्य सचिव डा. रोशन पोख्रेललाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण १४ बुधबार १o:१८:oo

हाम्रो देशमा अंग प्रत्यारोपणको अवस्था कस्तो छ ?
सबै अंगको प्रत्यारोपणमा राम्रो काम हुन नसकेको भए पनि केहीको प्रत्यारोपणमा राम्रै भइरहेको छ । ऐनमा ‘नातेदार’ शब्द उल्लेख भएकाले त्यसले अप्ठ्यारो पारेको छ । नातेदार प्रमाणित हुनैपर्ने व्यवस्थाले गर्दा बाहिरका व्यक्तिबाट अंग लिएर प्रत्यारोपण गर्न सकिन्न र मिल्दैन । तर, अहिले केही हदसम्म प्रत्यारोपणमा सुधार हुँदै गएको देखिन्छ । 

भरपर्दो भौतिक पूर्वाधारविनै सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक महिनामै ३० जनाको मिर्गाैला प्रत्यारोपण गर्नुले के संकेत गर्छ ?
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा स्वास्थ्यसचिव नै अध्यक्ष हुने व्यवस्था भएकाले विगतमा पदमा रहँदा मैले नजिकबाट हेर्ने मौका पाएको थिएँ । सरकारको स्वामित्वकै संस्था भएर पनि यो केन्द्र धेरै हदसम्म ‘इन्डिपेन्डेन्ट’ छ । फेरि केन्द्रको नेतृत्वमा डा. पुकार रहनुभएकाले पनि त्यहाँबाट राम्रो काम भइरहेको छ । देशले विश्वास गरेको र आफ्नै छवि पनि राम्रो र प्रतिष्ठित भएकाले डा. पुकारको टिमबाट राम्रो काम भइरहेको छ । केन्द्रलाई आफ्नै व्यवस्थित भवनमा सार्न राज्यले पटक–पटक प्रयास गर्दै आएको छ । तैपनि, त्यसमा सफलता हात लागेको छैन । हुन त अहिले केन्द्र रहेको भवन सरकारकै भए पनि साँघुरो छ । त्यसैले, डाइलाइसिस र प्रत्यारोपणलाई मात्र अलग–अलग भवनमा सार्न पाए सहज हुने थियो । 

आगामी दिनमा अंग प्रत्यारोपणलाई सहज बनाउन के गर्नुपर्ला ?
हामीले सातै प्रदेशमा अंग प्रत्यारोपण केन्द्र पुर्‍याउने योजना बनाएका थियौँ । तर, अहिलेसम्म त्यसमा पूर्ण सफलता हात परिसकेको छैन । भौतिक पूर्वाधार, उपकरण, जनशक्ति तथा अन्य स्रोत–साधनको व्यवस्थापन गरी प्रदेश तहमा प्रत्यारोपण सुविधा पुर्‍याउन राज्यले थप पहल गर्नुपर्छ ।