१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 29 June, 2025
Invalid date format २२:१५:oo
Read Time : < 1 मिनेट
समाचार

पार्टी अध्यक्षमाथिको मुद्दाबारे मेटमणि चौधरी भन्छन्– राजीनामा हैन डटेर मुकाबिला गर्ने हो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:१५:oo

नेकपा एसका उपमहासचिव मेटमणि चौधरीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि षड्यन्त्रपूर्वक मुद्दा चलाएको भन्दै यसविरुद्ध डटेर मुकाबिला गर्नुपर्ने बताएका छन्।  

नेकपा एसनिकट युवा संघ नेपाल लुम्बिनी र रुपन्देहीको संयुक्त भेलालाई शनिबार रुपन्देहीको तिलोत्तमामा सम्बोधन गर्दै उपमहासचिव चौधरीले अख्तियार आफैँले तामेलीमा राखिसकेको पतञ्जलीको विषयलाई प्रतिशोधकै कारण ब्युँत्याउने काम भएको उनको टिप्पणी छ। उनले विपक्षीहरूले पार्टी अध्यक्षमाथि प्रहार गरिरहँदा पार्टीभित्रैबाट खिसिट्युरी गर्ने काम भएको भन्दै आपत्ति जनाए। उनले माधवकुमार नेपाललाई मुद्दा लगाउने काम ठिक मान्नेहरू विपक्षीको पाउमा पार्टी बुझाउन खोजेको टिप्पणी गरे।

‘यस्तो वेला डटेर मुकाबिला गर्ने हो, नैतिकताको नाममा राजीनामा दिने र भाग्ने कुरा विल्कुलै ठिक हुँदैन,’ उनले भने, ‘नबिराउनु /नडराउनु, दुश्मनहरूसँग एकजुट भएर मुकाबिला गरौँ,’। उनले आफूहरू विद्रोहबाट स्थापित भएकाले पार्टीले ८४ को निर्वाचनसम्म आफूलाई बलियो बनाउने दाबी गरे। देशैभर युवाहरूको नेकपा एसमा आकर्षण रहेकोसमेत बताए।

कार्यक्रममा स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पुराना नेता र सिस्टमलाई गलत देखाएर पञ्चायतका प्रेतआत्माहरी जागेर व्यवस्थाका विरुद्ध बोलेको भन्दै अब सोच्नुपर्ने धारणा राखिन्। उनले पुनर्उत्थानवादी शक्तिहरूले खुलेआम गणतन्त्रका विरुद्ध बोल्ने अवस्था किन आयो भनेर दलहरू र राजनीतिज्ञहरूले करेक्सन गर्नुपर्ने वेला आएको पनि बताइन्।

यस्तै, नेकपा एस लुम्बिनी प्रदेश अध्यक्ष अब्लुद हुसेन खाँन, पोलिटब्युरो सदस्य तथा रुपन्देही इन्चार्ज नन्दलाल बन्जाडे, पार्टी रुपन्देही अध्यक्ष हिराध्वज शाह, लुम्बिनी महासचिव नारायण शर्मालगायतले बोलेका थिए । भेलाका अवसरमा विभिन्न पार्टी परित्याग गरेकाहरूलाई उपमहासचिव चौधरीले स्वागत गरेको युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए। भेलाले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।