१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १३ शुक्रबार
  • Friday, 27 June, 2025
रासस काठमाडौं
२o८२ असार १३ शुक्रबार १८:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रस्तावित तीन न्यायाधीशविरुद्धका उजुरीमाथि छलफल

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १३ शुक्रबार १८:४७:oo

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध परेका उजुरी सम्बन्धमा उजुरीकर्तासँग छलफल गरेको छ।

समितिको आज शुक्रबारको बैठकमा पाँचैजना उजुरीकर्तासँग छलफल भएको समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीले जानकारी दिइन्। प्रस्तावित न्यायाधीशविरुद्ध पाँच व्यक्तिकेन्द्रित र दुईवटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएका थिए।

उजुरीकर्तासँगको छलफल सकिएकाले आइतबार बस्ने बैठकमा न्यायाधीशको सुनुवाइ गरिनेछ।

सरकारले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्ति सिंह थापालाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको छ।