१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १३ शुक्रबार
  • Friday, 27 June, 2025
दीपक भट्ट रामेछाप
२o८२ असार १३ शुक्रबार १२:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रामेछापका एक हजार ७९१ भूमिहीन परिवारलाई निस्सा वितरण

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८२ असार १३ शुक्रबार १२:२o:oo

रामेछापमा भूमिहीन रहेका एक हजार ७९१ घरपरिवारलाई भूमि समस्या समाधान आयोग रामेछापले निस्सा वितरण गरेको छ। आयोगले जिल्लाका आठवटै स्थानीय तहका २२ वटा वडाहरूमा रहेका भूमिहीन व्यक्तिको पहिचान गरी निस्सा वितरण गरेको हो ।

जसमध्ये मन्थली नगरपालिकाको नाैवटा वडा, दोरम्बा शैलुङ गाउँपालिकाको चारवटा वडा, सुनापती गाउँपालिकाको तीनवटा वडा र खाँडादेवी गाउँपालिकाको एक वडा गरी १७ वटा वडामा भूमिहीन दलित, सुकुम्बासी वा अव्यवस्थित बसोबासीहरू कसैले पनि निवेदन पेस नगरेको भूमि समस्या समाधान आयोग रामेछापका अध्यक्ष गौतम लामाले जानकारी दिए। 

आयोगको कार्यालयमा प्राप्त निवेदहरूमध्ये १५ वटा भूमिहीन दलित, १०७ वटा भूमिहीन सुकुम्बासी र तीन हजार ११२ परिवारले अव्यवस्थित बसोबासका लागि रहेका छन्। प्राप्त निवेदनको आधारमा आयोगको निवेदनको छानबिन, नक्सांकन र प्रमाणीकरणको कार्य अगाडि बढेको छ। प्रक्रिया पूरा भएमा आगामी कात्तिक मसान्तसम्म भूमिहीनहरूलाई लालपुर्जा वितरण गर्ने गरी काम अघि बढाइएको अध्यक्ष लामाले बताए।