१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 26 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वाेच्चमा प्रस्तावित न्यायाधीशकाे सुनुवाइ आइतबार 

शुक्रबार उजुरीकर्तासँग छलफल गरिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:१३:oo

सर्वाेच्च अदालतमा प्रस्तावित चार न्यायाधीशकाे सुनुवाइ आइतबार हुने भएकाे छ । संसदीय सुनुवाइ समितिले बिहीबार प्रस्तावित न्यायाधीशमाथि परेका उजुरी खाेल्दै आइतबारलाई सुनुवाइ ताेकेकाे हाे । 

उजुरीकर्तासँग शुक्रबार छलफल हुनेछ । न्यायपरिषद्ले श्रीकान्त पौडेल, मेघराज पाेखरेल, महेशकुमार नेपाल, शान्तिसिंह थापालाई सर्वाेच्चकाे न्यायाधीशमा सिफारिस गरेकाे छ ।

सुनुवाइ समिति सदस्य सुनिता बरालका अनुसार प्रस्तावित न्यायाधीशविरुद्ध सातवटा उजुरी परेका छन् । पाँचवटा व्यक्तिगत र दुईवटा सैद्धान्तिक उजुरी परेकाे छ ।

न्यायाधीश श्रीकान्तविरुद्ध र मेघराजविरूद्ध दुई–दुई उजुरी, शान्ति सिंहविरुद्ध एक उजुरी परेकाे छ । नेपालविरुद्ध भने उजुरी परेकाे छैन ।