१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १२ बिहीबार
  • Thursday, 26 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १२ बिहीबार ११:४२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालगन्जमा हुन्डाई क्रेटा सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १२ बिहीबार ११:४२:oo

नेपालगन्जमा हुन्डाई क्रेटा इभी सार्वजनिक गरिएको छ । हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सोमबार एक कार्यक्रमबिच क्रेटा इभी सार्वजनिक गरेको हो । हुन्डाईको आधिकारिक डिलर हिम इन्टरकन्टिनेन्टल, नेपालगन्जले आयोजना गरेको उक्त कार्यक्रममा हुन्डाईका अन्य नयाँ मोडेल पनि प्रदर्शन गरिएको थियो । सोही कार्यक्रमबाट क्रेटाका चारभन्दा बढी युनिटको बुकिङ सुनिश्चित भएको छ भने चारवटा क्रेटा इभी ग्राहकलाई  हस्तान्तरणसमेत गरिएको कम्पनीले जनाएको छ । 

उच्च गुणस्तरीय सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको नेटवर्कका कारण हुन्डाईले उपभोक्ताको मन जित्दै उत्कृष्ट अटो ब्रान्ड बनेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार क्रेटा इभीले विद्युतीय सवारीबारे द्विविधा भएका ग्राहकलाई स्पष्ट निर्णय लिन सजिलो बनाउनेछ ।

हुन्डाई नेपालले देशमै क्रेटा आइस मोडेलको निर्माण कार्य थालिसकेको र क्रेटा इभी र आइस दुवै मोडेलमा एउटै प्लाटफर्म प्रयोग हुने भएकाले गाडी खरिदपछि स्पेयर पार्टस्, दीर्घकालीन ब्रान्ड सपोर्टलगायतका सेवा–सुविधामा अब कुनै पनि समस्या हुने बताएको छ । 

साथै, कम्पनीले इभी इकोसिस्टमलाई थप मजबुत बनाउन रिल्याक्स चार्जिङको नेटवर्क विस्तार गरिसकेको जनाएको छ । जसअन्तर्गत अहिले नै देशका विभिन्न स्थानमा ६६ वटा चार्जिङ नेटवर्क सुरु भइसकेको छ ।