१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 25 June, 2025
डिएसपी जितेन्द्रकुमार बस्नेत (सेतो टिसर्ट लगाएका)को क्वार्टरमा आयोजित प्रहरी निरीक्षक मनीष श्रेष्ठ (मैनबत्ती बोकेका)को ‘बर्थ डे सेलेब्रेसन’ मा सहभागी आकाश आदर्श (सुन्तला रङको टिसर्ट लगाएका)
सौरभ यादव राजविराज
Invalid date format १६:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बलात्कार मुद्दामा सफाइको भोलिपल्टै डिएसपीनिवासमा पार्टी : एसपीको नेतृत्वमा छानबिन सुरु

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १६:२२:oo

जबर्जस्ती करणीको मुद्दामा सफाइ पाएको भोलिपल्टै आरोपीले जिल्ला प्रहरी कार्यालय सप्तरीपरिसरस्थित डिएसपीनिवासमा  ‘सेलेब्रेसन’ गरेको विषयमा  मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन सुरु गरेको छ।

छानबिनका लागि प्रहरी उपरीक्षक (एसपी) नारायण रञ्जितकारको नेतृत्वमा तीन सदस्यीय टोलीलाई जिम्मेवारी दिइएको मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।  उनले भने,  ‘यो टोलीले भोलि सप्तरी पुगेर विस्तृत छानबिन थाल्नेछ, त्यसपछि कमजोरी देखिए कारबाहीका लागि सिफारिस गर्नेछ।’

बलात्कार मुद्दामा जिल्ला अदालत सप्तरीबाट गत ४ जेठमा सफाइ पाएका राजविराज नगरपालिका– ६ का आकाश आदर्शले भोलिपल्टै मुद्दाको अनुसन्धान अधिकृत रहेका प्रहरी निरीक्षकको ‘बर्थ डे सेलेब्रेसन’ गरेका थिए।

यो मुद्दामा तत्कालीन अनुसन्धान अधिकृत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनीष श्रेष्ठको जन्मदिन सेलेब्रेसन भन्दै पार्टी आयोजना गरिएको थियो। जसमा डिएसपी बस्नेत, प्रहरी निरीक्षक श्रेष्ठ, अर्का प्रहरी निरीक्षक उदयकुमार राई तथा एक दिनअघि सफाइ पाएका आकाश आदर्शसहित सहभागी थिए।

आदर्शले आफैँले सञ्चालन गरेको राजविराजको तन्दुरी रेस्टुरेन्टमा काम गर्ने एक महिलामाथि जबर्जस्ती करणी गरी भिडियो बनाई सार्वजनिक गरिदिन्छु भन्दै धम्क्याएको भन्दै ०८१ असोजमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी परेको थियो। सोही जाहेरीका आधारमा प्रहरीले आदर्शलाई राजविराजबाट नियन्त्रणमा लिएर प्रहरी निरीक्षक मनीष श्रेष्ठलाई अनुसन्धान अधिकृत तोक्दै अनुसन्धान सुरु गरेको थियो।  इन्स्पेक्टर श्रेष्ठको यसअघि नै चितवनमा सरुवा भइसकेको छ।