१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 25 June, 2025
नवीन गुरुङ संखुवासभा
Invalid date format १२:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हिमाली जिल्ला संखुवासभामा धान रोपाइँ सुुरु

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format १२:४२:oo

पूर्वी पहाडी तथा हिमाली जिल्ला संखुवासभामा मनसुन चाँडै भएकाले धान रोपाइँ सुरु भएको छ । संखुवासभा भौगोलिक हिसाबले पहाडी तथा हिमाली क्षेत्र रहेको छ । जिल्लाको भूगोलअनुसार उपल्लो तह हिमाली क्षेत्र र पहाडी क्षेत्रमा धमाधम रोपाइँ सुरु भएको छ भने तल्लो औल क्षेत्रमा साउन लागेपछि मात्रै रोपाइँ सुरु हुने गरेको कृषि ज्ञान केन्द्र संखुवासभाका कार्यालय प्रमुख छत्रबहादुर विकले बताए।

उनका अनुसार असार पहिलो सातासम्म भर्खरै रोपाइँ सुरु भएकाले तीन प्रतिशत मात्रै रोपाइँ भएको छ। यो वर्ष मनसुन चाँडै भएकाले रोपाइँ छिटो सुरु गर्न थालेको हो भने जिल्लाको माथिल्लो तथा उपल्लो लेक क्षेत्रमा छिटो रोपाइँ गर्ने गरिन्छ। कृषि ज्ञान केन्द्र संखुवासभाको तथ्यांक जिल्लामा ३१ हजार ५९६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । कृषि ज्ञान केन्द्रले हरेक साताको शुक्रबार साताभरको रोपाइँको तथ्यांक अपडेट गर्ने गरेको कार्यालय प्रमुख विकको भनाइ छ।

जिल्लाको खाँदबारी नगरपालिकाभित्रका सेकाहा, पाङ्मा, हेलुवाबेँसी, चन्दनपुर, चेवा, कलचेबेँसी, पाङ्ठाबेँसी, पिप्लेबेँसी, माल्टाबेँसीलगायतका ठाउँहरूमा धानखेती गरिँदै आएको छ । १० वटा स्थानीय तह रहेको संखुवासभामा हेदाङ्गना, चैनपुर, मादि र धुपुलगायतका स्थानहरूमा धान उत्पादन हुने मुख्य क्षेत्रहरू हुन् ।

विशेषतः यो जिल्लामा अट्टे, बेलगुठी, खुमलचार, राधाकृष्ण, सानोमसिना र कालधानलगायत जातका धानहरू उत्पादन गर्ने गर्दछन् । पूर्वमा नै धान उत्पादनमा संखुवासभालाई राम्रो जिल्लाको रूपमा मानिँदै आएको छ ।