
आगामी आर्थिक वर्ष ०८२/८३ का लागि उदयपुरका आठ स्थानीय तहमध्ये सबैभन्दा धेरै बजेट त्रियुगा नगरपालिकाले ल्याएको छ भने कम ताप्ली गाउँपालिकाले ल्याएको छ ।जसमा धेरै बजेट ल्याउने त्रियुगा नगरपालिकाले एक अर्ब ५३ करोड ३४ लाख ५९ हजारको बजेट ल्याएकाे हो भने थोरै ल्याउने ताप्लीको ४१ करोड ७३ लाख ५५ हजार छ ।
दोस्रो ठुलो बजेट ल्याउनेमा चौदण्डीगढी नगरपालिका छ । जसले एक एक अर्ब १३ करोड ३५ लाख ४१ हजार ६२ रुपैयाँको बजेट सार्वजनिक गरेको हो । तेस्रोमा कटारी नगरपालिकाले ८७ करोड ६५ लाख तीन हजार ४३९ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । चौथोमा बेलका नगरपालिकाले ७७ करोड २६ लाख ४१ हजार बजेट पारित गरेको छ ।
आठै पालिकामध्ये पाँचाैँ र गाउँपालिकातर्फ पहिलो उदयपुरगढी परेको छ । उदयपुरगढीले आर्थिक वर्ष ०८२/८३ का लागि ६८ करोड ४० लाख पाँच हजार एक रुपैयाँको बजेट सार्वजनिक गरेको हो । रौतामाई गाउँपालिकाले ६६ करोड ९९ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको छ ।
लिम्चुङबुङ गाउँपालिकाले ४३ करोड १० लाख ९८ हजार २२६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सबैभन्दा कम बजेट ल्याउने ताप्ली गाउँपालिकाले आर्थिक वर्ष ०८२/८३ का लागि ४१ करोड ७३ लाख ५५ हजार ल्याएको छ । पालिकाको बजेटमा विशेष गरी शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार र रोजगारका क्षेत्र समेटिएका छन् ।