१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 25 June, 2025
Invalid date format o९:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

युवतीलाई जबर्जस्ती करणी गर्न खोज्दा बालकसहित दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:२५:oo

एक युवतीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा धनकुटाबाट बालकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाकी १९ वर्षीया  युवतीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा सुनसरीको इनरुवा नगरपालिका– ६, मधेशा घर भई हाल धनकुटामा मोटरसाइकल ग्यारेजमा मिस्त्री काम गर्ने २३ वर्षीय ऋतिक भन्ने विजयकुमार कामत र १४ वर्षीय बालकलाई गएराति धनकुटाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी ओमप्रकाश खनालले बताए ।

असार ५ गते पीडित युवती आफ्नो घरको कोठामा सुतिरहेको अवस्थामा राति आरोपित एक बालकसहित आएका ती युवाले साइकलको ट्युबले बाँधेर जबर्जस्ती करणीको प्रयास गरेका थिए । तर, पीडित महिलाले तत्काल प्रतिकार गरेपछि उनीहरू फरार रहेको प्रहरीले बताएको छ। पीडितले प्रहरीलाई जानकारी दिएपछि उनीहरूलाई खोजतलासको क्रममा धनकुटा बजारबाट गएराति फेला पारी पक्राउ गरेकाे र उनलाई जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अगाडि बढाइने डिएसपी खनालले बताए ।