१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १० मंगलबार
  • Tuesday, 24 June, 2025
रासस काठमाडौं
२o८२ असार १० मंगलबार १४:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

छानबिन समितिले जिम्मेवारीपूर्वक काम गर्नेमा विश्वस्त : कांग्रेस प्रमुख सचेतक घिमिरे

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १० मंगलबार १४:१५:oo

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा प्रकरण सम्बन्धमा सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले जिम्मेवारीपूर्वक काम गर्नेमा आफू पूर्ण रुपमा विश्वस्त रहेको बताएका छन्।

प्रतिनिधिसभाको आज मंगलबारको बैठकमा प्रमुख सचेतक घिमिरेले सदन बहिष्कार गरेका प्रतिपक्षी दलहरुलाई उक्त समितिलाई विश्वास गरेर काम गर्न दिनुपर्नेमा जोड दिए।

उनले भने, ‘यसरी सदन बहिष्कार गरेर कति दिन सम्म चल्छ ? ससंसदीय अभ्यासमा सरकारमाथि विश्वास नगरेर कसरी हुन्छ ?’ प्रमुख सचेतक घिमिरेले समितिलाई साथ दिई सहयोग गर्न आग्रह गरे।

साथै उनले त्यसो गर्नु जनताप्रतिको कर्तव्य पनि हुने उल्लेख गरे। भिजिट भिसा प्रकरण सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानविन गरिरहेको उनले बताए।