
ताप्लेजुङ जिल्लामा नावालिका करणीको अभियोगमा एकजना पक्राउ परेका छन्। ३४ वर्षीय पुरुषले १३ वर्षकी बालिकालाई जवर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको प्रहरी सूचना अधिकारी तथा प्रहरी निरिक्षक विवेक बस्नेतले बताए ।
१३ की नाबालिकालाई विभिन्न डरत्रास देखाई प्रलोभनमा पारी मिति गत असार ८ गते रातको समयमा जबर्जस्ती करणी गरेकाे भनि परेको निवेदनको आधारमा पक्राउ गरेको प्रहरीले बताएको छ।
उनलाई असार ८ गते पक्राउ गरेको र मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को दफा १४ (३) बमोजिम जिल्ला अदालत ताप्लेजुङबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।