१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 24 June, 2025
न्युयोर्क
Invalid date format o९:४२:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

इरानले हर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकाले गुहार्‍यो चीन

Read Time : > 1 मिनेट
न्युयोर्क
नयाँ पत्रिका
Invalid date format o९:४२:oo

अमेरिकाले इरानी आणविक स्थलमा अमेरिकी आक्रमणपछि महत्वपूर्ण व्यापारिक मार्ग हर्मुज स्ट्रेट बन्द गर्नबाट रोक्न चीनसँग आग्रह गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उक्त जलमार्ग खुलाउन इरानसँग समन्वय गर्न बेइजिङसँग आग्रह गरेका हुन् । ‘म चीन सरकारलाई यस विषयमा कुरा गर्न आग्रह गर्छु ।

खासगरी, इराक, कतार र इरानबाट निर्यात हुने तेलका लागि स्ट्रेट अफ हर्मुजको प्रयोग हुने गर्छ । यो चीनमा इन्धन आयातका लागि पनि प्रमुख मार्ग मानिन्छ,’ रुबियोले अमेरिकी समाचार संस्था फक्स न्युजसँग भने । विदेशमन्त्री रुबियोले भने, ‘यदि इरानले हर्मुज मार्ग रोक्ने कदम चाल्यो भने यो अर्को भयानक गल्ती हुनेछ । इरानी शासकले हर्मुज स्ट्रेटमा आवागमनलाई रोक्नु उनीहरूका लागि आर्थिक संकट निम्त्याउने कडी बन्न सक्छ ।’  

रणनीतिक महत्व राख्ने हर्मुज स्ट्रेट
हर्मुज स्ट्रेट, इरान र ओमानको सिमानामा रहेको एक रणनीतिक रूपमा महत्वपूर्ण जलमार्ग हो, जसले पर्सियन गल्फ र ओमानको खाडीलाई जोड्छ । तेल निर्यातको दृष्टिबाट यो जलमार्ग निकै महत्वपूर्ण छ, किनकि इराक, कतार तथा इरान, दुबई र केही अरब राष्ट्रको तेल निर्यात यही मार्ग भएर हुने गर्छ । 

हर्मुज स्ट्रेट विश्वभर ग्यास आपूर्तिका लागि पनि उत्तिकै महत्वपूर्ण क्षेत्र हो । यसले तेलका धनी मानिने मध्यपूर्वका देशलाई एसिया, उत्तर अमेरिका र युरोपलगायत विश्वका अन्य भागसँग जोड्ने काम गर्छ । हर्मुज स्ट्रेटबाट विश्वको करिब २० प्रतिशत तेल र २० प्रतिशत तरल प्राकृतिक ग्यास ढुवानी हुन्छ । यही रणनीतिक महत्वका कारण यो क्षेत्र दशकौँदेखि क्षेत्रीय विवाद र भूराजनीतिक तनावको केन्द्रमा रहँदै आएको छ । विश्लेषकले इरानले वासिंटनले आइतबार बिहान गरेको आक्रमणको बदलामा सामुद्रिक मार्गमा पर्ने हर्मुज स्ट्रेटलाई लामो समय बन्द गर्न सक्ने अनुमान गरेका छन् । 

यसैबिच इरानले अमेरिकी सेनाले प्रयोग गर्ने अखडामा आक्रमण गर्ने धम्की दिएको छ । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीका सल्लाहकारले ती अखडालाई ‘आफ्नो (इरानको) सशस्त्र बलको वैध निसाना’ मानिने बताए ।