१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 23 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

मन्त्रिपरिषद् बैठकः भिजिट भिसाको छानविन गर्न समिति गठन, दुई डिआइजीको पदावधि थप 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:४५:oo

भिजिट भिसामा भएको असुलीको विषयमा छानविन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ। सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैडकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा समिति गठन गरिएको हो । समितिमा गृह, संघीय मामिला, श्रम, परराष्ट्र मन्त्रालयका सहसचिव सदस्य रहनेछन् ।  

समितिलाई तीन महिनाको समय दिइएको छ ।

प्रतिपक्षी दलहरुले गृहमन्त्रीमाथि समेत छानविन गर्ने गरी समितिको माग गरेका छन् । तर, सरकारले गृहकै सहसचिवहरु रहने गरी समिति गठन गरेको हो । स्रोतका अनुसार समितिलाई कर्मचारी र मन्त्रीमाथि छानविनको अधिकार छैन । प्रणालीमा सुधारको विषयमा मात्र केन्द्रीत भई समिति गठन गरिएको हो । 

यसअघि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा पनि बैरागीको अध्यक्षतामा विमानस्थलको सुरक्षा सुधारका लागि समिति समिति बनेको थियो।  त्यतीबेला बैरागी राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । 

सोमबारै मन्त्रिपरिषद्को बैडकले सशस्त्र प्रहरीका दुई डिआइजीहरू कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गरिएको छ । उनीहरुको चार वर्षे पदाविध पुरा भएपछि एक वर्ष थप गरिएको हो।