१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 23 June, 2025
Invalid date format १९:५५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

राष्ट्रिय महिला भलिबलको सेमिफाइनल समीकरण पूरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:५५:oo

नेपाल स्पोर्ट सेन्टर (नेकोस)को आयोजनामा हेटौँडामा जारी नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।

लिग चरणका खेलहरु सकिँदा प्रतियोगिताको अन्तिम चारमा दुई विभागीय टोलीहरु एपीएफ क्लब र नेपाल पुलिस क्लबसँगै गण्डकी प्रदेश र न्यू डाइमण्ड युथ क्लब पुगेका छन्। मंगलबार हुने सेमिफाइनलमा एपीएफ र पुलिस क्लब तथा गण्डकी प्रदेश र न्यू डाइमण्ड युथ भिड्ने छन्। 

समूह ‘क’बाट नेपाल पुलिस समूह विजेता तथा गण्डकी प्रदेश उपविजेता हुँदे सेमिफाइनलमा पुगेका हुन्। समूह ‘ख’बाट न्यू डाइमण्ड विजेता र एपीएफ उपविजेता हुँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन्।

सोमबार सम्पन्न लिग चरणका अन्तिम खेलमा डाइमण्डले मधेश प्रदेशलाई २५–६, २५–१८, २५–८ को सोझो सेटमा हराउँदै समूहको शीर्ष स्थान पक्का ग¥यो। मधेश प्रदेशले प्रतियोगितामा एउटा पनि खेल जित्न सकेन।

यस्तै, पुलिस क्लबले गण्डकीलाई पराजित गर्दै समूह ‘क’मा शिर्ष स्थान सुरक्षित गर्न सफल भएको छ। पुलिसले गण्डकीलाई २५–१३, २५–११, २५–१९ को सोझो सेटमा हराएको हो। अनुभवी तथा राष्ट्रिय स्तरका खेलाडीहरूले भरिएको पुलिसको सामु गण्डकी केहि कमजोर देखिएको थियो। गण्डकीले लिग चरणमा एक मात्र जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो।

दुई विभागीय टोलीसहित ७ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद ५ लाख, उपविजेताले ३ लाख, तेस्रो हुने टिमले १ लाख र चौथो हुने टिमले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।