१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 23 June, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनमा कर बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर निस्किँदैन : ज्ञानेन्द्र शाही 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५२:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सुनमा कर बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर ननिस्कने बताएका छन्। अर्थ समितिको सोमबारको बैठकमा उनले सचिवहरूले मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सुनमा कर बढाएको बताउँदै झुटो कुरा नगर्न सचेत गराए।

समितिमा सोमबार आर्थिक विधेयकमार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको निवेदन र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफल भएको हो। जसबारे बोल्दै शाहीले यो विधेयकले सुन भारतबाट किनेर ल्याऊ र नेपालको व्यवसाय बन्द गर भन्ने किसिमको देखिएको जिकिर गरे।

‘सुन गएर भारतबाट किनेर ल्याऊ, नेपालको व्यवसाय बन्द गर भनेर भारतको एम्बेसीबाट काम भएको हो। ग्रे लिस्टबाट हट्न के गर्नुपर्छ भनेर एकपटक गुगल खोज्नुस् त। सम्पत्ति शुद्धीकरण गर्ने हो। करको दायरामा ल्याउने हो। करको दररेट बढाउने हो ? अलरेडी करको दायरामा छ त सुनहरू । जो दायरामा छैन, त्यसलाई दायरामा ल्याउने हो । ग्रे लिस्टबाट हट्न सम्पत्ति शुद्धीकरण गर्नुपर्छ,’ उनले भने।

प्रमुख सचेतक शाहीले यो विधेयकले सुन व्यवसायमा रोजगारी गरिरहेका १० लाख परिवारको घर उजाड्ने जिकिर गरे।