१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 17 June, 2025
Invalid date format ११:३६:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

महिला विश्वकपका पाकिस्तानका सबै खेल श्रीलंकामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:३६:oo

आइसिसी महिला एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आगामी ३० सेप्टेम्बरदेखि हुँदै छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सोमबार सार्वजनिक गरेको खेलतालिकाअनुसार उद्घाटन खेलमा आयोजक भारत र श्रीलंकाबिच बेंग्लोरको चिन्नस्वामी रंगशालामा हुने छ । विश्वकपको आयोजक राष्ट्र भारत भए पनि छिमेकी पाकिस्तानले भने आफ्ना सबै खेल भारतमा नभएर श्रीलंकामा खेल्नेछ ।

भारत र पाकिस्तान क्रिकेट बोर्डबिचको सम्झौताअनुसार पाकिस्तानका खेलहरू श्रीलंकामा हुने आइसिसीले जनाएको छ । भारत र पाकिस्तानबिचको राजनीतिक तनावका कारण दुवै टोलीले एकअर्काको मैदानमा प्रतिस्पर्धा गरेका छैनन् । पाकिस्तानले महिला एकदिवसीय विश्वकपमा ‘हाइब्रिड’ रणनीति अपनाएको हो । 

यसअनुसार प्रतियोगितामा सहभागी भए पनि आफूले चाहेको मैदानमा प्रतिस्पर्धा गर्नु हो । भारतको सिनियर पुरुष क्रिकेट टोलीले पनि ‘हाइब्रिड’ नीतिअनुसारै एसिया कप र च्याम्पियन्स ट्रफीमा आफ्नो खेल तटस्थ भूमिमा खेलेको थियो ।

पुरुषतर्फको एसिया कपमा पाकिस्तान र भारत एकै समूहमा थिए । दुई वर्षअघि भारतले पाकिस्तानविरुद्ध श्रीलंकामा प्रतिस्पर्धा गरेको थियो । गत वर्ष पाकिस्तानले आइसिसी च्याम्पियन्स ट्रफी आयोजना गर्‍यो । भारतले पाकिस्तानमा प्रतिस्पर्धा नगर्ने अडान राखेपछि हाइब्रिड शैली अपनाइएको थियो । भारतले आफ्ना सबै खेल युएईलाई तटस्थ भूमिका रूपमा प्रयोग गरेको थियो ।