१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 17 June, 2025
Invalid date format ११:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुरमा श्रीमानले चलाएको ट्रयाक्टर दुर्घटनामा च्यापिएर श्रीमतीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२८:oo

नवलपुरको मध्यविन्दु १५ सिमरा भित्री सडक खण्डमा आफ्नै श्रीमानले चलाएको ट्रयाक्टर दुर्घटना हुँदा श्रीमतीकाे मृत्यु भएको छ । मंगलबार  बिहान १० बजेतिर  मध्यविन्दु नगरपालिका– १५ सिमराकाे भित्री कच्ची सडकखण्डअन्तर्गत  ना.७त २९६७ नम्बरको ट्रायाक्टर खोला तर्ने क्रममा अचानक पल्टिन जाँदा ट्रयाक्टरमा सवार ३६ वर्षीया यमकुमारी थनेत थारूको मृत्यु भएको हो । 

ट्याक्टरमा सवार चारजनामध्ये थारूको घटनास्थलमै मृत्यु भएको हो ।   ट्रक्याक्टरमा सवार चारजनामध्ये अन्यको अवस्था सामान्य छ । प्रहरीले मृतकका ट्याक्टरचालक ४२ वर्षीय दोरन थारूलाई  नियन्त्रणमा लिएको छ ।