१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 17 June, 2025
डिलाराम भुसाल कपिलवस्तु
Invalid date format १o:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुक्खा मौसमका कारण चापाकल (नल) सुकेपछि कुवाको भर 

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
Invalid date format १o:५६:oo

कपिलवस्तुको विजयनगर गाउँपालिका– ७ स्थित मानपुर गाउँमा पानीको चरम संकटमा परेको छ। चापाकल (नल) सुकेपछि कुवाको भर पर्दै बस्न परेको स्थानीयको भनाइ छ ।  चर्काे गर्मी र लामो सुक्खा मौसमका कारण नल सुकेपछि पानीको जोहो गर्न असहज भएको छ । त्यहाँका करिब ५० वटा नल सुकेको बताएको छ ।  करिब ८० घरधुरीले कुवाको पानि प्रयोग गर्न बाध्य भएको बताएको छ।  

औसत १५ फिट गहिराइमा गाडिएका चापाकल सुकेको बताएको छ। स्वच्छता अभाव र फोहोरको डर हुँदाहुँदै पनि स्थानीयहरू बाध्य भएर कुवाको पानी पिउँदै आएको बताएको छ । स्थानीय वडाध्यक्ष दिनेश चौधरीले समस्या गम्भीर भएको स्वीकार गर्दै उनले भने, ‘नल सुकेपछि हामी पानीको विकल्प खोजिरहेका छौँ । दीर्घकालीन समाधानका लागि योजना बनाइर लागिपरेको चौधरीले  बताए ।

 कुवाको पानी पिउँदा बिरामी पर्न सक्ने डर छ । तर, विकल्प छैन । पानी नहुँदा सरसफाइ र स्वास्थ्यमा समेत गम्भीर असर पर्ने स्थानीय शिवमंगल केवटले बताए । गाउँमा अहिले खानेपानी मात्र होइन, सरसफाइ, नुहाउने, लुगा धुनेजस्ता दैनिक आवश्यकता पनि प्रभावित भएका छन् ।