१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 17 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:१४:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पाँचपोखरी र मेलम्ची संयुक्त च्याम्पियन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:१४:oo

पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका संयुक्त रूपमा सिन्धुपाल्चोक जिल्लास्तरीय पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेका छन् । मुलपानी क्रिकेट मैदानमा सोमबार भएको फाइनल वर्षाका कारण नतिजाविहीन भएपछि दुवै टोलीलाई संयुक्त रूपमा विजेता घोषणा गरिएको हो ।

पहिलो ब्याटिङ गरेको पाँचपोखरी १७.४ ओभरमा एक विकेट गुमाउँदै १३३ रन बनाएको अवस्थामा खेल रोकिएको थियो । खेल रोकिनुअघि पाँचपोखरीका कप्तान सार्थक धितालले ५२ बलमा सात चौकासहित ६१ रन बनाएका थिए ।

बुद्धि तामाङ ४४ बलमा दुई चौकासहित ३३ रन बनाएर खेलिरहेका थिए । मेलम्चीका कप्तान रिन्जिङ लामाले एक विकेट लिए । दुवै टोलीले जनही ७५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।