Skip This
देशमै सम्भावना खोज्न अध्यक्ष ढकालको आग्रह
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १६ शुक्रबार
  • Saturday, 31 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ १६ शुक्रबार २१:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देशमै सम्भावना खोज्न अध्यक्ष ढकालको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १६ शुक्रबार २१:o५:oo

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवालाई आफ्नै देशमा सम्भावना खोज्न आग्रह गरेका छन्।

शुक्रबारदेखि काठमाडाैंमा सुरु भएको नेपाल जेसिज युवा समिट तथा नेपाल जेसिज क्षेत्र ‘ग’ सम्मेलन २०८२ उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपाल सम्भावनाको देश रहेकाले यहाँ केही छैन भन्ने भाष्य परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष ढकालले हातमा सीप भएका र केही गर्छु भन्ने जाँगर भएकालाई लगानीका लागि बैंक तथा वित्तीय संस्थाहरू र अन्य सहकार्यका लागि साझेदारहरू रहेको बताए । ‘म भन्छु, नेपालमा जति सम्भावना अन्त कतै छैन । इमानदारिताको साथ काम गरे नेपालमा हरेक क्षेत्रमा सम्भावना छ । ती सम्भावना उजागर गर्न सक्नुपर्दछ । हामीले नेपालमा केही छैन भन्ने भाष्यलाई चिर्दै यही माटोमा सम्भावना खोज्नुपर्दछ,’ उनले भने ।

युवा शक्ति देशको मेरुदण्ड भएको र नेपालको कुल जनसंख्याको ठुलो हिस्सा ओगट्ने १८ देखि ४० वर्ष उमेर समूहका युवा ऊर्जा, जोस, सिर्जनशीलता र नवीन सोचले भरिपूर्ण रहेकाले जेसिजले युवालाई नेतृत्व, व्यक्तित्व विकाससँगै उद्यमशीलताको क्षेत्रमा अगाडि बढाउँदै लैजानुपर्नेमा उनले जोड दिए ।