Skip This
जीवनरक्षक जनशक्तिसहित बालाजु पौडीपोखरी सञ्चालनमा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १६ शुक्रबार
  • Saturday, 31 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ जेठ १६ शुक्रबार १८:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जीवनरक्षक जनशक्तिसहित बालाजु पौडीपोखरी सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ जेठ १६ शुक्रबार १८:२६:oo

काठमाडौं महानगरपालिकाले दश वर्षपछि आगामी आइतबारदेखि  बालाजु बाइसधारामा रहेको पौडीपोखरी सञ्चालनमा ल्याउने तयारी गरेको छ ।  

पोखरीमा पानीको गुणस्तर निश्चित भएपछि जीवनरक्षक जनशक्तिसहित पौडीपोखरी सञ्चालनमा ल्याउन लागिएको उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाका प्रमुख नवराज थापाले जानकारी दिए । 

०७२ को भूकम्पको कम्पनले पोखरीको संरचना चर्किएपछि पानी चुहिन थालेको थियो । त्यसपछि पोखरी पुनर्निर्माणका  क्रममा रहेकाले सञ्चालनमा आउन सकेको थिएन । पौडीपोखरी सञ्चालन गर्न कामपाले उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाले नेपाल पौडी संघसँग सम्झौतासमेत गरिसकेको छ ।

आयोजनाका प्रमुख नवराज थापा र संघका महासचिव ईश्वरकुमार कार्कीबिच सम्पन्न सम्झौताबमोजिम संघले एक वरिष्ठ जीव रक्षक, एक महिला अनिवार्यसहित तीनजना जीवनरक्षक तथा एकजना पानी प्रशोधन प्राविधिकसहित पाँचजना जनशक्ति उपलब्ध गराउनेछ ।