Skip This
पार्टी सरकारमा भए पनि गलतलाई गलत भनौँ : शेखर कोइराला
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १६ शुक्रबार
  • Saturday, 31 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १६ शुक्रबार १८:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पार्टी सरकारमा भए पनि गलतलाई गलत भनौँ : शेखर कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १६ शुक्रबार १८:o२:oo

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सरकारमा भए पनि गलतलाई गलत भन्न सक्नुपर्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा ‘गलत कुरालाई हेरेर बस्ने दास हो’ भन्ने बिपीको भनाइ स्मरण गराउँदै कोइरालाले गलत कामको आलोचना गर्न पछि हट्न नहुने धारणा राखेका हुन्।

आफूहरू सरकारमा रहे पनि सत्तामा नरहेको प्रस्ट्याउँदै उनले भने, ‘मन्त्रीहरूले सहकार्य गरून्। तर, हामी जो बाहिर बसेका छौँ, असल कामलाई असल भनौँ, खराबलाई खराब भनौँ।’

राजाको शासनकाल नदेखेका निराश युवाहरू राजावादी आन्दोलनमा सहभागी भएका प्रस्ट्याउँदै नेता कोइरालाले असल काम गरेर युवाहरूको मन जित्नुपर्ने बताए।

‘युवाहरू निराश छन्, उनीहरूले बाटो खोजिरहेका छन्। उनीहरूले देखेका छैनन्– राजाको शासनकाल कस्तो थियो। जब देखेको छैन, उनीहरू कहाँ जाने ? उनीहरूले त तीन–चारजनाको म्युजिकल चेयर मात्रै देखेको छ,’ उनले भने ।