१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 19 May, 2025
Invalid date format २१:o७:oo
Read Time : > 1 मिनेट
खेलकुद

एरिका र राजन उत्कृष्ट खेलाडी, संगिना बनिन् ‘बागमतीको सान’

बस्नेत र मानन्धरलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:o७:oo

बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा जन्मिएर खेलकुद क्षेत्रमा सक्रिय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देशको नाम उचो बनाएको भन्दै ८ विधाका १३ खेलाडी, प्रशिक्षक तथा पत्रकारलाई सम्मान गरेको छ । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले आइतबार खेलाडी, प्रशिक्षक तथा पत्रकारलाई नगदसहित सम्मान गरेको हो ।

समारोहमा उत्कृष्ट वर्ष खेलाडीका रूपमा महिलातर्फ करातेकी एरिक गुरुङ र पुरुषतर्फ खोखोका राजन बललाई सम्मान गरेको थियो । उनीहरूलाई नगद १-१ लाखसहित अवार्ड प्रदान गरिएको थियो। 

कराँतेकी खेलाडी एरिकाले २०औँ सिनियर एकेएफ च्याम्पियनसीपमा रजत पदक जितेकी थिइन् भने १९औँ एसियाली खेलकुदमा २५ वर्षपछि देशका लागि रजत पदक जितेकी थिइन् । उनले पहिलोपटक नेपाललाई करातेमा एसियन गेम्सबाट रजत पदक दिलाएकी थिइन् । उनले २ वर्षको अवधिमा देशलाई ८ अन्तर्राष्ट्रिय प्रतियोगिताबाट ५ स्वर्ण र ४ रजत पदक दिलाएकी छिन्।

यस्तै, खोखो खेलका राजन उत्कृष्ट वर्ष खेलाडीका रूपमा पुरस्कृत भएका छन् । खोखो विश्वकपमा दोस्रो स्थान हासिल गर्दा राजन टोलीका महत्त्वपूर्ण सदस्यका रूपमा थिए । उनले देशका लागि १३औँ दक्षिण एसियाली खेलकुद(साग) मा कांस्य पदक, सातौँ, आठौँ र नवौँ राष्ट्रिय खेलकुदमा पनि पदक दिलाएका थिए।

यस्तै, एथलेटिक्सका वैकुण्ठ मानन्धर र जितबहादुर केसीलाई लाइफ टाइम एचिभमेन्ट अवार्डमार्फत सम्मान गरिएको थियो । उनीहरूलाई नगद १-१ लाखसहित अवार्ड प्रदान गरिएको हो । वैकुण्ठले दक्षिण एसियाली खेलकुद (साग)को पहिलो, दोस्रो र तेस्रो संस्करणमा लगातार म्याराथनमा स्वर्ण जितेका थिए । साग म्याराथनमा सन् १९८७ मा उनले बनाएको २ घन्टा १५ मिनेट ३ सेकेन्डको कीर्तिमानी रेकर्ड ३८ वर्षसम्म कायमै छ । यस्तै, सन् १९७६ देखि १९८८ सम्म लगातार ४ ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका वैकुण्ठ एक मात्र खेलाडी पनि हुन्। 

जितबहादुर नेपाली खेलकुद क्षेत्रका पहिलो पदकबाहक खेलाडी हुन् । सन् १९७३ मा फिलिपिन्समा सम्पन्न एसियन एथलेटिक्स च्याम्पियनसिपमा उनले म्याराथन दौडमा कांस्य पदक जितेका थिए । उनले खाली खुट्टा दौडिएर देशका लागि खेलेका थिए । 

समारोहमा बागमती सान अवार्डबाट तेक्वान्दोकी संगिना वैद्यलाई सम्मान गरिएको थियो । वाइल्ड कार्डको भरमा ओलम्पिकमा उपस्थिति जनाउँदै आएको नेपालका लागि संगिना सन् २००४ को एथेन्स ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडी बनेकी थिइन् । हङकङमा आयोजित एसियाली च्याम्पियनसिपमा उनले कांस्य पदक जितेकी थिइन् भने दक्षिण एसियाली खेलकुद (साग) मा आठौँ र नवौँ संस्करणमा स्वर्ण र १० औँमा कांस्य पदक जितेकी थिइन् । 

उत्कृष्ट प्रशिक्षक अवार्डबाट पलेसा गोवर्द्धनका प्रशिक्षक कविराज नेगी, उत्कृष्ट पत्रकार अवार्डबाट वरिष्ठ पत्रकार श्याम चित्रकार, लोकप्रिय खेलाडीका रूपमा फुटबलका आयुष घलान, भलिबलकी सलिना श्रेष्ठ एथलेटिक्सकी सन्तोषी श्रेष्ठलाई अवार्डसहित सम्मान गरिएको थियो। 

उत्कृष्ट पारा तेक्वान्दो खेलाडी अवार्डबाट पलेसा गोवर्द्धन, युवा खेलाडी अवार्डबाट गल्फका सदभाव आचार्य र उत्कृष्ट जिल्ला खेलकुद विकास समिति अध्यक्ष अवार्डबाट ललितपुरमा विनोद महर्जन सम्मानित भएका थिए। उनीहरूलाई जनही ५० हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो।