
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ध्रुवबहादुर प्रधानले देशमा सुशासन आवश्यक रहेको बताएका छन्। प्रतिनिधिसभाको आज (सोमबार) को बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले किसानलाई अहिले गणतन्त्र नभई मल चाहिएको, जनतालाई गणतन्त्र नभई सुशासन र सहकारीपीडितलाई गणतन्त्र नभई पैसा फिर्ता चाहिएको बताए।
उनले जनभावना र मानिसका आस्थालाई प्रहार नगर्न चेतावनी दिए। उनले परिवर्तनका नाममा जहाज हाइज्याक गर्ने, आपराधिक घटनाहरू धेरै भएको भन्दै अब देश लुट्ने काम भइरहेको बताएका छन्।
सांसद प्रधानले आस्थालाई दबाउन शक्ति प्रयोग भए जनताले सुविधा नपाउने बताए । शान्तिपूर्ण तवरले निकास निकाल्नुपर्ने बताएका छन्।