१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 19 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

न्यायाधीश नियुक्तिमा गृहमन्त्री लेखकले भाग खोज्दै हिँडेको रास्वपा नेता मनीष झाको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४६:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य मनीष झाले गृहमन्त्री रमेश लेखकले न्यायाधीशमा भाग खोज्दै हिँडेको आरोप लगाएका छन् ।

आज (सोमबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गृहमन्त्री लेखकले भाग खोज्दै हिँडेको खुलासा गरेको सुनाए ।

‘पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले केही महिनाअगाडि भन्नुभएको थियो–नेपाली कांग्रेसका वर्तमान गृहमन्त्रीज्यूले न्यायाधीश सिफारिसमा मेरो पार्टीको यो–यो नपर्दिए मलाई गाह्रो हुन्छ भनेर भन्न जानुभएको थियो,’ उनले भने ।

नेता झाले यस्ता प्रकारका अभ्यासले न्यायालयप्रतिको विश्वास कमजोर हुँदै गएको बताए । ‘आज न्यायालयहरूले विभिन्न राजनीतिक संरक्षण त दिइराखेको छ । यो अभ्यासले गर्दा न्यायालयप्रतिको विश्वास कमजोर भएको छ । न्यायालयले न्याय देला कि भनेर हामीहरूले विश्वास गर्ने ठाउँ कम हुँदै गएको छ,’ उनले भने ।