
स्काइवेलका इभीको आधिकारिक वितरक जी मोटर्स प्रालिले आगामी आवको बजेटले इभीमा मूल्यवृद्धि हुनुअघि नै अपग्रेड हुने मौकाका रूपमा एक्सचेन्ज अफर ल्याएको छ । कम्पनीले ‘स्काइवेल एक्सचेन्ज अफर—अपग्रेड टु स्काइवेल–ड्राइभ लक्जरी इभी यसयुभी’ योजना सार्वजनिक गरेको हो ।
अफरले ग्राहकलाई लक्जरी, प्रिमियम इभी र रियल यसयुभिमा अपग्रेड हुने मौका दिनेछ । यो अफरको लाभा कम्पनीको नक्साल–काठमाडौं, राधेराधे–भक्तपुर, इटहरी–सुनसरी, विराटनगर, पोखरा र चितवनका सबै सोरुमबाट लिन सकिनेछ । सोही अवसरमा हरेक स्काइवेल खरिदमा एक जोडीले युरोप टुर गर्ने मौका पाउनेछन् भने स्पेसल छुट र एक्सचेन्ज अफरमा विशेष बोनससमेत प्राप्त हुने कम्पनीको भनाइ छ । लोन सुविधाका लागि २० प्रतिशत डाउनपेमेन्टमा फाइनान्सको पनि सुविधा रहेको प्रवन्ध निर्देशक कैलाशबाबु गेलालले बताए । अफर ५ जेठसम्म लागू हुनेछ ।
कम्पनीका अनुसार हाल नेपालमा एक सय ४० वटाभन्दा बढी स्काइवेलका इटी ५–६२० किमि प्रिमियम इभी बिक्री भइसकेका छन् । त्यस्तै, आइतबारबाट सुरु भएको अफरमा सातवटा बुकिङ पनि भइसकेको कम्पनीले जनाएको छ । अफरमा इटी ५, बिई ११ मोडेलमा हाल कम्पनीसँग ६२०, ५२० र ४१० किमि रेन्ज दिने प्रिमियम यसयुभी बिक्रीका लागि उपलब्ध छन् । ग्राहकले युरोपियन बजारमा अत्यधिक रुचाइएको स्काइवेलका प्रीमियम सवारीमार्फत नेपालका सबै भूभागमा सहजै यात्रा गर्न सक्नेछन् ।