१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ४ आइतबार
  • Sunday, 18 May, 2025
२o८२ जेठ ४ आइतबार १७:२८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

हावाहुरीबाट करोडौँको केराखेतीमा क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ४ आइतबार १७:२८:oo

गएराति आएको हावाहुरीले बोट ढालेर बाराको निजगढ नगरपालिकाका किसानहरूले लगाएको करोडौँ मूल्यबराबारको केराखेती नष्ट पारेको छ। वर्षासँगै आएको हावाहुरीले ढालेर बाराको निजगढ नगरपालिकाका किसानको करिब चार करोड रुपैयाँ मूल्यको केराखेती नष्ट भएको हो।

हुरीले पाक्ने वेला भएको केराको बोट ढालेपछि किसानको चार करोडभन्दा बढी रकमबराबरको केराखेती नष्ट भएको बारा जिल्ला फलफूल तथा केरा उत्पादक संघका अध्यक्ष एकबहादुर श्रेष्ठले बताए। उनका अनुसार हुरीले केराखेतीमा पुर्‍याएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ। वडा नम्बर ९ मा सबैभन्दा बढी क्षति भएको आकलन छ।

हुरीले भर्खर पसाएका र पाक्ने वेला भएका केरा सबैभन्दा बढी ढालेको किसानहरूले बताएका छन्। केरा पकेट क्षेत्रको रूपमा रहेको निजगढ नगरपालिकामा एक बिघा जमिनबाट किसानले एक सिजनमा ४ देखि ६ लाखसम्म आम्दानी लिँदै आएका थिए। तर, बेच्ने वेला भएपछि आएको हुरीले क्षति गरेको र किसानहरू समस्यमा परेको वडा नम्बर ९ का किसान मानबहादुर श्रेष्ठले बताए।

‘वडा नम्बर ९ मा मात्रै २ करोडभन्दा बढीको केराखेती नष्ट भएको छ,’ किसान श्रेष्ठले भने। यो वडामा मात्रै २३ सयभन्दा बढी केराको बोट ढलेको उनको भनाइ छ। 

उखुको मूल्य नपाउँदा पीडित अधिकांश किसानले केराखेती गरेका थिए, तर केराखेती पनि हावाहुरीले नष्ट गरेपछि समस्यामा परेको अर्की किसान करिना तामाङ बलले बताइन्। केराखेतमा ठुलो क्षति भएकाले राज्यले किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उनको माग छ।

बाराको निजगढ नगरपालिका केराखेतीका लागि पकेट क्षेत्र हो। केरा ब्लकबाट विकसित हुँदै केरा जोनको रूपमा स्थापित यस नगरपालिकामा मात्रै करिब १२ सय बिघाभन्दा बढी क्षेत्रफलमा किसानले व्यावसायिक केराखेती गर्दै आएका छन्।