१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ४ आइतबार
  • Sunday, 18 May, 2025
२o८२ जेठ ४ आइतबार o८:३५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रोस्टन चेज वेस्ट इन्डिजको नयाँ कप्तान

खराब लयमा रहेको वेस्ट इन्डिजलाई स्वाभाविक लयमा फर्काउन चुनौती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ४ आइतबार o८:३५:oo

वेस्ट इन्डिजले दुई वर्षदेखि टिमबाहिर रहेका अलराउन्डर रोस्टन चेजलाई टेष्ट कप्तान नियुक्त गरेको छ । उनले क्रेग ब्रैथवेटको स्थान लिनेछन् । ब्रैथवेटलले मार्चमा कप्तानी जिम्मेवारी पाएका थिए । जहाँ वेस्ट इन्डिज ३९ खेलमा १० टेस्ट जित्दा २२ खेलमा पराजित भएको थियो । चेजको नेतृत्वमा वेस्ट इन्डिजले अस्ट्रेलियाविरुद्ध शृंखला खेल्नेछ । तीन टेस्टको शृंखला २५ जुनमा हुनेछ । खराब लयमा रहेको वेस्ट इन्डिजलाई स्वाभाविक लयमा फर्काउनु चेजको नयाँ चुनौती हो । 

चेजले सन् २०२३ मा अन्तिम पटक टिमको लागि खेलेका थिए । दक्षिण अफ्रिकाविरुद्ध अन्तिम पटक खेलेका छन् । त्यसयता वेस्ट इन्डिजले १३ वटा टेस्ट खेलेको छ । पछिल्लोपटक टोलीमा स्थान बनाउन संघर्ष गरिरहेका छन् । चेजले पछिल्लो पटक नेपाल भ्रमणमा आउँदा वेष्ट इन्डिज ‘ए’ को कप्तानी गरेका थिए । अब, भने चेजलाई आफ्नो स्वभाविक लय कायम राख्ने मनसाय बनाएका छन् । हालसम्म चेजले ४९ टेस्टमा २ हजार २ सय ६५ रन बनाएका छन् । जसमा ५ शतक छ । त्यस्तै, ८५ विकेट पनि लिएका छन् । यसअघि उनले सुरुका १० टेस्टमा औसत रन ४८.५३ बनाएकका थिए । 

६ खेलाडीबिचमा बोर्डले छान्यो चेज 
वेस्ट इन्डिज टेस्ट कप्तानका लागि ६ खेलाडीको नाम अगाडि आएको थियो । बोर्डमा चेज सबैको नजरमा पर्न सफल भए । उनीबाहेक जान कैम्पवेल, टेविन इमलाच, जोसुवा दा सिल्वा, जस्टिन ग्रिब्स र जोमेल वारिकन कप्तानी दौडमा रहेका थिए । क्रिकेट वेस्ट इन्डिजले सबै खेलाडीको डाटा तयार गर्दै कप्तान छनोट गरेको हो । क्रिकेट वेष्ट इन्डिजका अध्यक्ष डा. किशोर शैलोले भने, ‘हामीले यो निर्णय धेरै सोचबिचार गरेर गरेका हौं । प्रशिक्षक डैरेन सैमीले पनि सहमत जनाएका छन् । चेजमा टिमलाई अगाडि बढाउने क्षमता पनि छ ।’ वेस्ट इन्डिजले अस्ट्रेलियासँगको टेस्टअघि आयरल्यान्ड र इंग्ल्यान्डसँग टी२० र एकदिवसीय खेल खेल्नेछ । त्यसपछि मात्रै अस्ट्रेलियासँग टी–२०, एकदिवसीय र टेष्टसहित तीनै फम्र्याटको सिरिज खेल्ने तालिका छ । त्यसपछि टोलीले पाकिस्तान र भारतसँग खेल्ने बोर्डले जानकारी गराएको छ ।