१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 18 May, 2025
Invalid date format o७:२१:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइपिएल–२०२५ : वर्षाले कोलकाता बाहिरियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:२१:oo

वर्षाका कारण रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी)सँगको खेल रद्द हुँदा कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को प्लेअफबाट बाहिरिएको छ । अंक बाढेपछि साबिक विजेता कोलकाता अन्तिम चारमा स्थान बनाउन सकेन ।

यदि यो खेलमा जित निकालेको भए कोलकाताको सम्भावना रहने थियो । यता, एक अंक जोडेपछि आरसिबी शीर्ष स्थानमा उक्लियो । यसअघि भारत र पाकिस्तानबिचको तनावका कारण प्रतियोगिता एक साता पछि धकेलिएको थियो ।

साता दिनपछि सुरु भएको पहिलो खेल नै वर्षाले बिथोलिएको हो । खेलमा टस पनि हुनै सकेन । अपराह्न परेको पानी मध्यरातसम्म रोकिएन । त्यसपछि आयोजक दुवै टोलीलाई समान एक अंक दिन बाध्य भएको थियो । 

चिन्नास्वामी मैदानमा शनिबार खेल बराबरी भएपछि आरसिबीको १२ खेलबाट १७ अंक भएको छ । गुजरात भने १६ अंकसहित दोस्रो स्थानमा झर्‍यो । १५ अंकको पञ्जाव तेस्रो स्थान र १४ अंकसहित मुम्बई चौथो स्थानमा छन् । दिल्ली भने १३ अंकसहित प्लेअफ सम्भावना कायम राख्न सफल भएको छ ।

कोलकातासँगै लखनउ, हैदराबाद, राजस्थान र चेन्नईको सम्भावना सकिएको छ । यसअघि शनिबार टेस्ट क्रिकेटबाट सन्न्यास लिएका विराट कोहलीलाई हौसला बढाउन समर्थक मैदान पुगेका थिए । यस सिजनमा उनी सर्वाधिक रन बनाउने खेलाडीको दौडमा छन् ।