
गत असोजमा आएको बाढीले उदयपुरको गाईघाट र खोटाङको दिक्तेल जोड्ने गरी सुनकोशी नदीमा बनाएको फोक्सिङटार पुलको बिचभाग बगाएको थियो । उक्त पुल निर्माणका लागि अर्थ मन्त्रालयले ३५ करोड रुपैयाँ निकासा पनि दियो, तर बाढीले बगाएको पुल पुनर्निर्माण गर्ने कि नयाँ बनाउने भन्ने निर्णय हुन सकेको छैन ।
बर्खा लागिसक्दा पनि पुल नबनेकाले खोला वारिपारि गर्न स्थानीयलाई सास्ती हुने भएको छ । बाढीले भत्केको पुल १० वर्षमा निर्माण सम्पन्न भएको हो । ०६९ मा ठेक्का लागेको पुल ०७९ चैतमा सञ्चालनमा आएको थियो । तर, डेढ वर्षमै भत्कियो ।