१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३ शनिबार
  • Saturday, 17 May, 2025
२o८२ जेठ ३ शनिबार १५:४२:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

पर्यटकीयस्थलको प्रचारप्रसारका लागि ‘सिदिङवा धाम पर्यटन महोत्सव २०८२’ गरिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ३ शनिबार १५:४२:oo

पर्यटकीयस्थल सिदिङ्वा धामलगायत पर्यटकीयस्थलहरूको प्रचारप्रसारका लागि ‘प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव २०८२’ को आयोजना हुने भएको छ। 

हिउँदमा अधिक चिसो हुने धार्मिक स्थल सिदिङ्वा धाममा सिदिङ्वा गाउँपालिकाले जेठ १५ देखि १७ गतेसम्म तीनदिने धार्मिक पर्यटन महोत्सव गर्न लागिएको हो।   

३ हजार ५ सय १५ मिटर उचाइमा रहेको यहाँ कला, साहित्य, सिर्जना, खेलकुदसहितका कार्यक्रमसमेत गरिने भएको छ। सिदिङ्वा धाम, पर्यटकीय गन्तव्यहरू ढङ्ढुंगे झरना, तिम्बुङ पोखरी, चमेरे गुफा, काली पोखरी, हात्ती ढुंगालगायतका स्थतको प्रचार–प्रसार साथै प्रवर्धन गर्न महोत्सव आयोजना गर्न लागिएको हो।

जैविक विविधताको संरक्षण, ग्रामीण, अन्तर्राष्ट्रिय पर्यटनको विकास र सांस्कृतिक सम्पदाको प्रवर्धनमा समेत टेवा पुग्ने अपेक्षा राखेर महोत्सव आयोजना गरिएको बताइएको छ। गाउँपालिका अध्यक्ष मानबहादुर राईले भने, ‘यिनको प्रचार र प्रवर्द्धन गरेर पर्यटक भित्र्याउनुपर्ने दायित्व बताए।’ अध्यक्ष राईले हामीसँग धेरै पर्यटकीयस्थलहरू रहे पनि प्रचारप्रसार र त्यसको व्यवस्थापन नहुँदा पर्यटकीय क्षेत्र ओझेलमा परेकोसमेत बताए। 

सिदिङ्वा धाम क्षेत्र कञ्चनजंघा पदयात्राको मुख्य प्रवेश मार्गका रूपमा रहे पनि आवश्यक प्रचारप्रसारका अभावमा पर्यटन दृष्टिले सोचेजस्तो उपलब्धि नभइरहेको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना) ले बताइन्। उपाध्यक्ष कडरियाले पर्यटन महोत्सवले यस क्षेत्रको पर्यटकीयस्थलहरूको प्रचारप्रसार हुने र पर्यटन प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा राखिएको समेत जानकारी दिइन्।

सिक्किमसँगको सीमावर्ती गाउँ भएकाले भारतदेखिका मानिसलाई महोत्सवमा ल्याउने गरी गाउँपालिकाले तयारी गरेको र महोत्सवमार्फत जैविक विविधताको संरक्षण, ग्रामीण तथा अन्तर्राष्ट्रिय पर्यटनको विकास र सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा पनि गरिएको छ। 

तीनदिने पर्यटन महोत्सवमा खेलकुद गतिविधि, स्थानीय उत्पादनको प्रदर्शन, सांस्कृतिक प्रस्तुतिलगायतका गतिविधि हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास विकले जानकारी दिनुभयो। प्रमुख प्रशासकीय अधिकृत विकले खेतकुदमा वडास्तरीय भलिबल प्रतियोगिता हुने र विजेताले ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने गाउँपालिकाले जनाएको छ।

त्यस्तै, हाफ म्याराथन पनि आयोजना हुने र म्याराथनमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ४० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार पाउने पनि गाउँपालिकाले जनाएको छ। यसैगरी याक, चौँरी, भेडापालन साथै स्थानीय हस्तकला सामग्रीसमेत प्रदर्शनीमा राखिने गाउँपालिकाले जनाएको छ। महोत्सवका लागि करिब ३७ लाख ९० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको गाउँपालिका आर्थिक प्रशासन शाखाका लेखापाल भूपेन्द्र बुढाक्षेत्रीले बताए।