१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 17 May, 2025
नयाँ पत्रिका म्याग्दी
Invalid date format १५:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, म्याग्दी
नयाँ पत्रिका
Invalid date format १५:o१:oo

नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको अन्नपूर्ण गाउँपालिका-५ को खोपारा लेकमा पूर्वाधार निर्माण थालिएको छ।

खोपारा घुम्न आउने पर्यटकको सहजताका लागि आश्रय स्थल, पदमार्ग र खानेपानी व्यवस्थापनको काम थालिएको हो। गण्डकी प्रदेश सरकारको रु. २० लाख बजेटबाट पर्यटन तथा उद्योग कार्यालयले उपभोक्ता समितिमार्फत खोपारा पर्यटन पूर्वाधार योजना सञ्चालन गरिएको इन्जिनियर सुमन बोगटीले जानकारी दिए।

आगामी असारभित्र योजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। समुद्र सतहबाट तीन हजार ६०० मिटर उचाइमा रहेको खोपारामा योजना सञ्चालन गर्न पाऊद्वार गाउँका मजदुर त्यही बास बसेका छन्। गाउँदेखि आवतजावत गर्न टाढा भएकाले सम्बन्धित ठाउँमै बास बसेर साँझ-बिहानको समयमा पनि काम गरिएको उपभोक्ता समितिका अध्यक्ष हरि पाइजाले बताए। 

'वैशाख दोस्रो हप्तासम्म हिउँ परेर काम गर्न पाइएन,' उनले भने, 'हिजोआज पनि अपराह्न २ बजेपछि पानी परेर पूरै दिन काम गर्न पाएका छैनौँ।' गत वर्ष पनि प्रदेश सरकारको रु. २० लाखको बजेटबाट खोपारामा पर्यटन पूर्वाधार निर्माण भएको थियो।

सडक विस्तारसँगै अन्नपूर्ण चक्रीय पदमार्गमा छोटिएको पर्यटकको बसाइ र यात्रा अवधि लम्ब्याउन खोपारालाई वैकल्पिक गन्तव्य बनाइएको छ। खोपारा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयापभित्र) पर्छ। गुराँसको जंगलको बिचमा पहाडको टाँकुरामा भिरालो भूगोलमा अवस्थित खोपारा जैविक विविधतायुक्त ठाउँ हो।

अन्नपूर्ण, धौलागिरि, नीलगिरि, गुर्जा हिमाल, सूर्योदय, सूर्यास्त, पहाडी भूगोल, वनजंगल, वन्यजन्तु, पशुगोठ, ताल, झरनाको दृश्य अवलोकन गर्न सकिन्छ। पर्यटक आगमन बढेपछि खोपारामा पर्यटन सहकारी संस्थाले सञ्चालन गरेको सामुदायिक लजको क्षमता वृद्धि गर्न आश्रयस्थलको नयाँ भवन निर्माण गर्न लागिएको हो।

 विद्युतको खम्बामा काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ।