१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३ शनिबार
  • Saturday, 17 May, 2025
२o८२ जेठ ३ शनिबार १४:३५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पाँचौ रारा ट्रेल - रन जेठ ९ मा हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ३ शनिबार १४:३५:oo

पाचौं रारा ट्रेल– रन जेठ ९ गते रारा ताल किनारमा संचालन गरिने भएको छ । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय आकर्षण रहेको रारा ताललाई मुख्य पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न र कर्णाली प्रदेशबाट राष्ट्रिय स्तरका एथ्लेटिक्स खेलाडीहरु पहिचान गर्ने उद्देश्य अनुरुप वार्षिक रुपमा आयोजना गरिने रारा ट्रेल-रनको पाचौं संस्करण गरिने भएको हो ।

रारा ताल वरिपरीको १५ किलोमिटर दुरी दौडमा खुला महिला र खुला पुरुष गरी दुई विधामा खेलाडी सहभागी हुन पाउने छ्न्। जेठ ९ गते बिहान ७ बजे सुरु गरिने उक्त प्रतियोगितामा प्रथम हुने खेलाडीलाई रु ५० हजार, दोस्रो हुनेलाइ ३० हजार र तेस्रो हुने खेलाडीलाई २० हजार पुरस्कार, प्रमाणपत्र र मेडलको व्यवस्था रहेको हनुमान ध्वज गुल्म राराका गुल्मपती सेनानी खिम बहादुर अधिकारीले जानकारी गराए ।

रारा ट्रेल– रन प्रतियोगितामा सहभागी हुन आउने खेलाडीले जेठ ४ गतेदेखि ८ गतेको १० बजेसम्म आफ्नो नाम दर्ता गराउन सक्नेछ्न् भने उनीहरुको मेडिकल जाँच सोहि दिन १२ बजे गरिने र इभेन्ट वृफ ३ बजे हुने सेनानी अधिकारीले बताए। दौड जेठ ९ गते बिहान ७ बजे सुरु हुने र दौडमा सहभागी हुने खेलाडीले मौसम सुहाउँदो खेल पोसाकमा उपस्थिती हुनुपर्ने छ ।  मेडिकल जाँचमा दौडका लागी स्वस्थ नदेखिएका व्यक्तिलाई दौडमा सभागी नगराउने बताइएको छ ।