१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 17 May, 2025
Invalid date format १३:४६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

जापानको तेल प्रशोधन केन्द्रमा ग्यास चुहावट, एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:४६:oo

जापानको ओसाका प्रान्तअन्तर्गतको सकाई सहरमा रहेको एक प्रमुख तेल प्रशोधन केन्द्रमा शनिबार बिहान ग्यास चुहावटको घटना भएको छ। सो घटनामा एकजना श्रमिकको दुःखद निधन भएको छ भने दुईजना श्रमिकहरू अस्पतालमा उपचाररत रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

घटना बिहान करिब १० बजेको समयमा भएको बताइएको छ। प्रशोधन केन्द्रको पाइप प्रणालीमा ग्यास चुहावट भएको र केही श्रमिकहरू अचेत अवस्थामा भेटिएका छन्।

प्रारम्भिक अनुमानअनुसार चुहिएको ग्यास विषालु हाइड्रोजन सल्फाइड हुन सक्ने जनाइएको छ। हाल घटनाको कारणबारे सम्बन्धित कम्पनीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सात लाख ७० हजार वर्ग मिटर क्षेत्रमा फैलिएको यो प्रशोधन केन्द्र समुद्री किनारमा अवस्थित र जापानकै एक प्रमुख इन्धन प्रशोधन स्थलको रूपमा परिचित छ।