१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २ शुक्रबार
  • Friday, 16 May, 2025
तस्बिर : छानो उडाएको श्री मावि/श्याम खत्रीकाे फेसबुकबाट
२o८२ जेठ २ शुक्रबार १५:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरमा हावाहुरीका कारण १८ लाखभन्दा बढीको क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २ शुक्रबार १५:२१:oo

उदयपुरमा गएराति वर्षासँगै आएको हावाहुरीका कारण १८ लाख २० हजार रुपैयाँबराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार विद्यालय र घरका छाना हावाहुरीले उडाएको छ।

हावाहुरीबाट उदयपुरगढी गाउँपालिका– ६, जगेटारमा रहेको श्री माध्यमिक विद्यालयको जस्तापाताको छाना उडाउँदा तीन लाखको क्षति भएको उनले बताए। यसैगरी, चौदण्डीगढी नगरपालिका– १०, खैराझोडाकी गीता पाण्डेको बाँस र खरले बनेको भुइँतले घरको छानो उडाउँदा ५० हजारको क्षति भएको छ। नवराज दुलालको घरकै छानो उडाउँदा तीन लाख ५० हजारको क्षति भएको छ। भरत राउतको दुई लाखको क्षति भएको छ।

डिएसपी दोङका अनुसार सुभाष अधिकारीको पक्की घरको टिनको छानो र घरमा सञ्चालनमा रहेको किराना पसलका सामानहरूमा क्षति पुग्दा दुई लाखको क्षति भएको छ। सम्भव अधिकारीको एक लाख ५० हजारको क्षति भएको छ। खगेन्द्र श्रेष्ठको काठ, बाँसको बेरा र टिनको छानो भएको भुइँतले घरको छानो उडाउँदा दुई लाखको क्षति भएको छ। ध्रुव खत्रीको तीन लाखको क्षति भएको डिएसपी दोङले बताए।

यसैगरी, त्रियुगा नगरपालिका– १३ मा बस्ने हर्क श्रेष्ठको घरकै छाना उडाउँदा ७० हजारको क्षति भएको छ।