१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २ शुक्रबार
  • Friday, 16 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २ शुक्रबार १५:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बजेटको असमान वितरणले असन्तोष बढ्दै छ : सांसद सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २ शुक्रबार १५:o१:oo

सांसद डा. अमरेशकुमार सिंहले बजेटको असमान वितरणका कारण जनतामा असन्तोष बढेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले भने, ‘यहाँ बजेटको असमान वितरणले देशमा असन्तोष बढ्दै गइरहेको छ। त्यो उहाँहरूलाई कसले भनिदिने ?’

पहुँचको आधारमा बजेट बाँड्ने प्रवृत्ति बढेको भन्दै उनले मुख्य दलका शीर्ष नेता र अर्थमन्त्रीको जिल्लामा बढी बजेट विनियोजन हुने गरेकोमा असन्तुष्टि जनाए।

‘पहुँचको आधारमा बजेट कार्यान्वयन गरिन्छ। जसको जन्म डडेल्धुरामा भएको छ, उसलाई एउटै निर्वाचन क्षेत्रमा अर्बौँ अर्बको बजेट। किनभने सत्तारूढ पार्टीका सभापति छन्। त्यही बिचरा सत्तापक्षको सांसदको जिल्लामा १० करोड पनि बजेट जाँदैन,’ उनले भने।