१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 16 May, 2025
Invalid date format १४:११:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

हङकङ र बहराइनको खेल रद्द भएपछि नेपाल सुपर ३ मा प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:११:oo

हङकङ र बहराइनबिचको खेल वर्षाका कारण रद्द भएपछि नेपालको महिला टोली आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर– ३ मा प्रवेश गरेको छ। शुक्रबार विजयी भएको अवस्थामा हङकङ ६ अंकसहित समूह विजेता बनेर अघि बढ्ने थियो । तर, वर्षा बाधक बन्दा हङकङ बाहिरिएको छ ।

समूह ‘सी’मा हङकङसँग समान पाँच अंक भए पनि नेपाल बढी जित निकालेका आधारमा अघि बढेको हो। आइसिसीको नियमअनुसार डबल राउन्डरोबिन लिगपछि शीर्ष दुई टोलीबिच अंक बराबर भए सर्वाधिक जितका आधारमा टोली अगाडि रहने प्रावधान थियो । नेपालको चार खेलमा दुई जित, एक हार र एक नतिजाविहीन भएको थियो । हङकङको समान खेलमा एक जित र तीन नतिजाविहीन  भएको थियो । 

प्रतियोगितामा तीन समूहका शीर्ष टोली सुपर– ३ मा पुगेका हुन् । नेपालले सुपर–३ मा बलिया टोली युएई र थाइल्यान्डको सामना गर्नेछ ।  सुपर– ३ मा एक–अर्कासँग खेलेपश्चात् शीर्ष दुई टोली ग्लोबल छनोटमा पुग्नेछन् ।