
सिन्धु विकास बैंकको शाखा कार्यालय बाह्रबिसेले नेपाल रेडक्रस सोसाइटी बाह्रबिसे उपशाखासँगको सहकार्यमा बाह्रबिसेमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरी सहभागिता जनाएका थिए ।
त्यस्तै, बैंककै सहकार्यमा प्राइभेट प्याराडाइज माविमा आयोजित नगरस्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा बाह्रबिसे नगरपालिकाका १० वटा विद्यालयका १८ जान विद्यार्थीले सहभागिता जनाएका थिए ।
उक्त कार्यक्रममा दुई सयजनाभन्दा बढी जनसमुदायको उपस्थिति रहेको थियो । सो वक्तृत्वकला प्रतियोगितामा प्रथम हुनेलाई १२ हजार, द्वितीयलाई नौ हजार र तृतीयलाई ६ हजार रुपैयाँ नगद उपहार पनि प्रदान गरिएको थियो ।