Skip This
नेवाः देय् दबूको आठौँ महाधिवेशन कावासोतीमा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 15 May, 2025
Invalid date format १८:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेवाः देय् दबूको आठौँ महाधिवेशन कावासोतीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२७:oo

नेवाः देय् दबूको आठौँ केन्द्रीय महाधिवेशन कावासोतीमा हुने भएको छ। जेठ २ देखि ४ गतेसम्म हुने महाधिवेशनका लागि तयारी अन्तिम चरणमा पुगेको बताइएको छ।

नेवाः देय दबू नवलपुरका सचिव रामकुमार श्रेष्ठका अनुसार महाधिवेशनका लागि देशभरबाट ६ सय बढी प्रतिनिधि सहभागी हुनेछन्। महाधिवेशनको भोलि शुक्रबार उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्ने कार्यक्रम छ।

महाधिवेशनको उद्घाटन सत्र कावासोती– १६, डन्डाको थारू संग्रहालयमा हुनेछ भने बन्दसत्र कावासोती अमलटारी होम स्टे भिलेजमा ३ र ४ गते हुने नेवाः देय् दबू आठौँ महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक एवं केन्द्रीय उपाध्यक्ष हरि श्रेष्ठले बताए।

महाधिवेशनपूर्व हिजो साँझ कावासोती फलफूल चोक अहिंसा पार्कबाट कार्यक्रमस्थल थारू संग्रहालय डन्डासम्म मोटरसाइकल र्याली गरिएको थियो। त्यसैगरी, भोलि कार्यक्रम उद्घाटन कार्यक्रमपूर्व कावासोती– ३, नमुना सदरमुकाम खुला चौरबाट थारू संग्रहालय डन्डासम्म बिहान ८ बजे शोभा कलशयात्रा निकालिनेछ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पदमा जिसी श्रेष्ठ, विभिन्न राजनीतिक दलका केन्द्रीय नेताहरू, नवलपुरका संघीय तथा प्रदेश सांसदलगायतको सहभागिता रहनेछ।