Skip This
नेपालमा जन्मेका सारू बेलायतको ननिटन बेडवर्थ बरोको मेयर निर्वाचित
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १ बिहीबार
  • Thursday, 15 May, 2025
२o८२ जेठ १ बिहीबार १४:४४:oo
Read Time : > 1 मिनेट
प्रवास डिजिटल संस्करण

नेपालमा जन्मेका सारू बेलायतको ननिटन बेडवर्थ बरोको मेयर निर्वाचित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १ बिहीबार १४:४४:oo

नेपालमा जन्मिएका भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन बेडवर्थ बरोको मेयरमा निर्वाचित भएका छन् ।

आज ननिटनको काउन्सिल हलमा सम्पन्न वार्षिक बैठकमा भएको निर्वाचनमा सत्तापक्ष लेबर पार्टीका काउन्सिलर क्याप्टेन सारू मेयर पदमा निर्वाचित भएका हुन् । लेबरका १९, कन्जरभेटिभबाट १७ र ग्रिन पार्टीका दुईजना काउन्सिलर रहेको बरोमा सारूले २० मत प्राप्त गरे । उनका प्रतिस्पर्धी बिल मार्कमले १५ मत प्राप्त गरे । अन्य चारजना काउन्सिलर निर्वाचन प्रक्रियामा अनुपस्थित थिए । मेयरमा निर्वाचित भएका मेयर सारूले आजै काउन्सिलको पूर्ण बैठकमा पद तथा गोपनीयताको शपथ लिए । उनलाई निवर्तमान मेयर बिल ह्यानकक्सले पद हस्तान्तरण गरेका थिए । 

शपथग्रहणपछि मेयर सारूले नेपालको ग्रामीण भेगमा जन्मेर बुबाको पाइला पछ्याउँदै बेलायती फौजमा भर्ती भएको सामान्य मानिसलाई बेलायतमा मेयरको रूपमा सेवा गर्ने अवसर दिएकामा काउन्सिल तथा बरोका सम्पूर्ण जनतालाई  धन्यवाद दिए ।

सो अवसरमा उनले बरोमा रहेका सबै वर्ग र समुदायलाई समेटेर काउन्सिलको  सेवा प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने बताए । शपथग्रहणपछि कार्यभार सम्हालेलगत्तै मेयर सारूले नेपालमा जन्मिए पनि बेलायतमा मेयरसम्म बन्न पाएकामा खुसी व्यक्त गरे । 

विश्वका विभिन्न ठाउँमा नेपालीले पनि नेतृत्व तहमा बसेर काम गर्न पाउनु समग्र नेपालकै गर्व भएकाले उनले आफूले सिकेका कुरा नेपालमा साटासाट गर्न तयार रहेको बताए । ‘सबैभन्दा पहिले त मेयरको रूपमा आफूले काम गर्ने जिम्मेवारी पाएको बरोकै हित समग्र विकासका लागि मेरा योजनाहरू कार्यान्वयन गर्ने हो । त्यसका लागि यहाँको समुदायका विषयहरू मेरा प्राथमिकताहरू हुन्,’ उनले भने,  ‘यहाँ पनि ठुलो संख्यामा नेपाली समुदाय हुनुहुन्छ, पक्कै उहाँहरूलाई केही सहज हुनेछ । मेयरका रूपमा मेरो अनुभव नेपालका लागि पनि फलदायी हुन सक्छ । म मेयरहरूसँग सहकार्य गर्न सकारात्मक छु ।’ 

बेलायतमा गोर्खा भर्तीको दुई सय वर्षभन्दा लामो इतिहासमा पूर्वगोर्खाको तर्फबाट नेपालमा जन्मिएका व्यक्ति पहिलोपटक मेयरको रूपमा निर्वाचित हुन पाउँदा खुसी लागेको उनले बताए ।

को हुन् सारू ? 

पाल्पाको चिदीपानी चन्द्रवन, हालको माथागढी गाउँपालिका- १ मा जन्मिएका सारूले सौभाग्य माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गरेका हुन् । त्यसपछि पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसबाट स्नातक पढ्दै गर्दा सन् १९९३ मा बेलायती सेनामा भर्ती भएका थिए । 

झन्डै तीन दशक ब्रिटिस सेनामा सेवा गरेका सारू हाल ब्रिटिस गोर्खा भेट्रान्स एसोसिएसनका अध्यक्षसमेत छन् । सारू, रोयल इन्जिनियर्सको ग्यारिजन इन्जिनियरको रूपमा सेवानिवृत्त भएका हुन् । बेलायतमा सन् २०१७ देखि सारू ‘इम्ब्रोइडरी’ व्यवसाय चलाइरहेका सारू बेलायतमा सफल व्यवसायी मात्रै नभएर समाजसेवीसमेत छन् । उनी विगत चार वर्षदेखि बेलायती राजनीतिमा सक्रिय छन् ।