Skip This
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाका छोराले लिए अमेरिकी नागरिकता
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 15 May, 2025
रासस ढाका
Invalid date format १४:o६:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाका छोराले लिए अमेरिकी नागरिकता

Read Time : > 1 मिनेट
रासस, ढाका
नयाँ पत्रिका
Invalid date format १४:o६:oo

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा सजीव वाजेद जोयले अमेरिकी पासपोर्ट प्राप्त गरेको बताइएको छ। उनले वासिङ्टन डिसीमा अमेरिकी नागरिकताको शपथ लिएका र शनिबार आफ्नो नागरिकता प्रमाणपत्र प्राप्त गरेका ‘बंगलादेश प्रतिदिन’ले रिपोर्ट गरेको छ।

‘सजीव वाजेद जोयले वासिङ्टन डिसीस्थित अमेरिकी नागरिकता केन्द्रमा अमेरिकी नागरिकताको शपथ लिनुभयो र शनिबार आफ्नो नागरिकता प्रमाणपत्र प्राप्त गर्नुभयो। प्रमाणपत्र प्राप्त गरेपछि उहाँले पासपोर्टका लागि पनि आवेदन दिनुभयो,’ बंगलादेश प्रतिदिनले भनेको छ, ‘विभिन्न देशका कुल २२ व्यक्तिले शपथग्रहण समारोहमा भाग लिएका थिए। तीमध्ये जोयसहित तीनजना बंगलादेशी मूलका थिए। उहाँले आफूसँगै एकजना वकिल ल्याउनुभयो। तीन बंगलादेशीमध्ये जोय दोस्रो हुनुहुन्थ्यो जसले शपथ लिनुभएको थियो।’

अवामी लिगका नेता एवं पूर्वसूचनाराज्यमन्त्री मुहम्मद अली अराफातले भने, ‘सजीव वाजेद जोयको बंगलादेशी पासपोर्ट, जुन उहाँ यात्रा गर्न प्रयोग गर्नुहुन्थ्यो, युनुसको अवैध सरकारले अवैध रूपमा रद्द गरेको थियो। यस परिस्थितिमा उहाँले अमेरिकी पासपोर्ट प्राप्त गर्नुपर्‍यो।’

अराफातका अनुसार ग्रिनकार्डले व्यक्तिलाई अमेरिकाबाहिर यात्रा गर्न अनुमति दिँदैन र सजीव वाजेद जोयलाई अमेरिकाबाहिर यात्रा गर्न पासपोर्ट चाहिएको थियो। ‘ग्रिनकार्डले अमेरिकाबाहिर यात्रा गर्न अनुमति दिँदैन। जोयलाई अमेरिकाबाहिर यात्रा गर्न वा आफ्नी आमालाई भेट्न पासपोर्ट चाहिन्छ। हालको अवस्थामा उहाँले अमेरिकी पासपोर्ट लिनुपर्ने थियो,’ उनले भने।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना गत वर्ष अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहमा सत्ताबाट हटाइएकी थिइन्। हसिना भारत भगिन् र नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भयो।

यसअघि मे १० मा बंगलादेशको अन्तरिम सरकारले देशको सबैभन्दा पुरानो राजनीतिक दल आवामी लिगलाई प्रतिबन्ध लगाएको थियो। राष्ट्रिय सुरक्षा र सार्वभौमसत्ताको रक्षा गर्न यो निर्णय गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

‘सल्लाहकार परिषद् बैठकमा देशको सुरक्षा र सार्वभौमसत्ता, जुलाई आन्दोलनका नेता र कार्यकर्ताहरूको सुरक्षा तथा बंगलादेश अवामी लिग र यसका नेताहरूको परीक्षण पूरा नभएसम्म अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणका वादी र साक्षीहरूको संरक्षणको आवश्यकताबारे छलफल भयो। आतंकवादविरोधी ऐनअन्तर्गत साइबरस्पेससहित अवामी लिगका सबै गतिविधि प्रतिबन्धित गर्ने निर्णय लिइएको छ,’ विज्ञप्तिमा भनिएको छ।